Recent Posts

एशियाली फुटबल महासंघले म्याच फिक्सिङको अनुसन्धान गरेबापत नेपाल प्रहरीलाई सम्मान गरेको छ

२०१५ डिसेम्बर ४ मा एएफसीको इथिक्स कमिटीले चार जना नेपाली खेलाडी र एक अफिसियललाई फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा आजीवन प्रतिबन्ध लगाएको थियो । अफिसियल अञ्जन केसी, तथा चार खेलाडीहरु सागर थापा, सन्दिप राई, रितेश थापा र बिकाशसिंह क्षेत्रीलाई एएफसीको अनुशासन तथा नैतिक संहिता उल्लंघन गरेको आरोपमा दोषी ठहर भएका थिए । एएफसीले स्पोर्टराडार, नेपाल पुलिस र युईएफएको इन्टिगि्रटी कमिटीको …

Read More »

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नेपाली फुटसल टोली इरान प्रस्थान

एएफसी फुटसल च्याम्पियनसिप-२०१८ को छनाेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोली बिहीबार इरान प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले गत महिना मात्र छनोट गरेको राष्ट्रिय फुटसल टोलीको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । भोलिबाट शुरु हुने प्रतियोगिता खेल्न १४ सदस्यीय नेपाली राष्ट्रिय फुटसल टिम र ९ अफिसियल गरी २३सदस्यीय टिम आज राति त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । नेपाली टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गरे ।  नेपाले प्रतियोगितामा तीन खेल खेल्नेछ । नेपालले आगामी आइतबार उज्वेकिस्तान, सोमबार कीर्गिस्तान र मंगलबार तुर्किमिनिस्तानसँग तीन खेल खेल्नेछ । समूह चरणको विजेता र उपविजेताले प्रतियोगिता अन्तिम चरणमा प्रवेशपाउनेछ । प्रतियोगिताको अन्तिम चरण २०१८ फेब्रुअरीमा हुनेछ ।

Read More »

अरुण भ्याली फुटबल सुरु

संखुवासभा, असोज २६ – संखुवासभाको खाँदबारीमा बिहीबारबाट सातौँ अरुण भ्याल्ली रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा १६ टिम सहभागी छन् । एड्भान्स क्लबले आयोजना गरेको प्रतियोगितामा भोजपुर, धनकुटा, सुनसरी, मोरङ र काठमाण्डौका  टिमको सहभागिता छ । बिहीबार भएको खेलमा संखुवासभाको मिर्मिरे युथ क्लब र मोरङको युवा कञ्चन क्लब विजयी भएको छ । अरुण भ्यालीको विजेताले नगद १ …

Read More »

सिम्पानी कप फुटबल जारी

सिम्पानी कप सेभेन ए साइड फुटबल प्रतियोगिता जारी छ। पोखराको बगरस्थित टुँडिखेल खेल मैदानमा जारी प्रतियोगितामा बिहिबार चार खेल सम्पन्न भएका छन्। एलजी एशोसिएसन, गार्डेन एफसी, लेकसाइड एफसी र फेदीं एफसीले खेल जित्दै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। प्रतियोगिताको प्रि–क्वार्टरफाइनल चरणको पहिलो खेलमा एलजी एशोसिएसनले दिप युनाइटेडमाथि ३–१ जित निकाल्यो। एलजीका प्रदिप गुरुङले दुई र सिन्केमान तामाङले एक गोल …

Read More »

उत्तर कोरियाली फुटबल खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा रोक

एजेन्सी । अस्ट्रेलियाले उत्तर कोरियाको युवा फुटबल टोलीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । उत्तर कोरियालीले विश्वभरबाट आएको विरोधका बावजुत आणविक कार्यक्रमलाई निरन्तर दिएको र त्यको विरोधस्वरुप प्योङयाङको टोलिलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको मंगलबार त्यहाँको स्थानीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । ‘सरकारले यु—१९ एएफसी च्याम्पियनसिप क्वालिफायरका लागि अस्ट्रेलिया आउने तयारीमा भएको उत्तर कारियाली टोलिलाई यहाँ प्रवेश गर्न …

Read More »

मेस्सीलाई म्यानचेष्टर सिटीले मोटो रकम खर्चन तयार

स्पेन (एजेन्सी) –इङ्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनिस क्लब बार्सिलोना तथा अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाईक्लबमा अनुबन्ध गर्न मोटो रकम खर्चन तयार भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । बार्सिलोनामा मेस्सीको सम्झौता यसै सिजनमा सकिदैछ । क्लबले मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा बस्ने बताइरहँदा मेस्सीले भनेनयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन् । म्याड्रिडको ‘एस पत्रिका’का अनुसार सिटीले मेस्सीलाई अर्काे ट्रान्सफरमा ३५८ मिलियनपाउण्ड खर्चन तयार रहेको उल्लेख गरिएको छ । स्रोतका अनुसार सिटीले मेस्सीसँग बराम्बर छलफल भैरहेको र छलफल सकरात्मक भैरहेको बताइएको छ । यदि मेस्सी सिटीमाअनुबन्ध भए बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओला र मेस्सीको पुर्नमिलन हुनेछ । पेप ग्वार्डिओलाले चारवर्ष अघि बार्सिलोनाछाडेका थिए । बार्सिलोनका अध्यक्ष जोसेफ मारिया बार्टाेमेउले बार्सिलोनामा मेस्सीसँग यसअघि नै नयाँ सम्झौताको लागि सम्पूर्ण प्रक्रिया पूराभैसकेको बताउदै आफ्नो समर्थकहरुलाई मेस्सी बार्सिलोनामै रहि रहनेमा ढुक्क हुन आग्रह गरेका छन् । बार्सिलोनाले यसै समर ट्रान्सफरमा आफ्ना मुख्य खेलाडी नेयमारलाई गुमाइसकेको थियो । नेयमार विश्व कीर्तिमानी मुल्य १९८मिलयन पाउण्डमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत अगस्टमा अनुबन्ध भएका थिए । मेस्सी अहिले सन् २०१८ मा रुसमा हुने रसिया विश्वकप अन्र्तगतको दक्षिण अमेरिकी क्षेत्रको छनोट चरणको खेलमा व्यस्त छन् ।मेस्सी कप्तानीमा रहेको अर्जेन्टिनाले बुधबार बिहान ‘गर या मर’ को अवस्थामा इक्वेडरसँग छनोट चरणको अन्तिम खेल खेल्दैछ ।उक्त खेलमा जित हात पारे अर्जेन्टिनाले कम्तीमा पनि प्ले अफमा स्थान बनाउनेछ । इक्वेडरसँग बराबरी या कोलम्बिया र पेरुकोखेलमा कुनै एक टिमले जित हात पारेमा पनि अर्जेन्टिनाको प्ले अफ सम्भावना जीवितै रहनेछ । इक्वेडरसँग हार या बराबरी तथाकोलम्बिया र पेरुले बराबरी खेल अर्जेन्टिनाको विश्वकप यात्रामा पूर्णविराम लाग्नेछ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना तालिकाको छैटौं स्थान अर्थात प्लेअफ भन्दा एक स्थान तल रहेको छ । यस क्षेत्रबाट शीर्षस्थानमा रहने चार टिमले सोझै विश्वकपमा स्थान बनाउनेछ भने पाँचौ हुने टिमले प्ले अफ खेल्नुपर्ने हुन्छ । (हाम्रो खेलकुदको सहयोगमा)

Read More »

भारत एसियन कपमा छनोट

कप्तान सुनिल क्षेत्रीको कप्तानीमा भारतले ४–१ गोलले मकाउलाई पराजित गर्दै चौथो पल्ट एएफसी एसिया कप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ। एसिया कप २०१९ मा युएईमा आयोजना हुँदैछ। यसअघि भारत १९६४, १९८४ र २०११ मा एसिया कपका लागि छनोट भएको थियो। मकाउसँग जित निकालेको भारतको समूह ए मा १२ अंक रहेको छ।

Read More »

अमेरिकी फुटबलमा यस कारण मचियो खलबली

असोज २६ – अमेरिका आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा नहुनु निकै दुःखको कुरा रहेको र यो अमेरिकी फुटबलका लागि अँध्यारो पाटो बन्ने अमेरिकी टिमका पूर्व डिफेन्डर एलेक्सी लालासले बताएका छन् । विश्वकप छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ट्रिनिडाड एण्ड टोबागोसँग पारजित भएपछि अमेरिका विश्वकपमा छनौट हुन नसकेको हो । अमेरिका सन् १९८६ यता पहिलोपटक विश्वकपमा स्थान बनाउन असफल भएको …

Read More »

मेस्सी र रोनाल्डोलाई पछि पार्ने नेइमारको यस्तो योजना

असोज २६ – ब्राजिल तथा पेरिस सेन्ट–जर्मेन (पिएसजी) स्टार नेइमारले यो वर्ष नभए पनि अर्को वर्ष बालोन डी’ओरमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पार्ने योजना बनाएका छन् । नेइमारले सन् २०१८ को बालोन डी’आरमा आफ्नो नाम लेखाउने योजना बनाएको स्पेनिस वेब साइट डन बालोनले दाबी गरेको छ । त्यसका लागि आउँदो वर्ष हुने विश्वकप फुटबलमा ब्राजिललाई उपाधि दिलाउने र त्यसले …

Read More »

सिम्पानी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा ६ खेल सम्पन्न

पोखरा, २६ असोज /सिम्पानी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा बुधबार दोस्रो चरणका ६ खेल सम्पन्न भएका छन्। पोखराको बगरस्थित टुँडिखेल खेल मैदानमा जारी प्रतियोगितामा बुधबार भलामको शृंखला युवा क्लब, संगम एफसी, मालेपाटन एफसी, हेमजाको बिष्णुपादुका क्लब, आयोजक सिम्पानी ए र एलजी एशोसिएसन बिजयी बनेको छ। पहिलो प्रतिस्पर्धात्मका खेलमा भलामको शृंखला युवा क्लबले पोखरा भ्याली स्पोटर््सलाई टाइब्रेकरमा ३–१ गोलले जित्यो। …

Read More »