Home » ब्रेकिङ न्युज » मनाङ हार्यो, आर्मीले जित्यो सताक्षी गोल्डकप

मनाङ हार्यो, आर्मीले जित्यो सताक्षी गोल्डकप

झापा । झापाको दोस्रो सताक्षी गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । बिहीबार भएको खेलमा मनाङ मस्र्याङदी क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो ।

उपाधि जितेसँगै आर्मीले नगद ५ लाख, ट्रफी र प्रमाण–पत्र हात गरेको छ भने मनाङले २ लाख ५० हजार रुपैयाँ, ट्रफी र प्रमाण–पत्रमा चित्त बुझाउनु परेको छ ।

आर्मीका तर्फबाट खेलको १८ औं मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए । मनाङका सुल्ला सुलेमानले आर्मीका नवयुग श्रेष्ठलाई डिबक्स नजिकै फल गरेपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै कार्कीले गोल गरेका हुन् ।

खेलको ४४ औं मिनेटमा आर्मीको तर्फबाट गरेको गोल बिवादित बनेको थियो । गोल विवादित बनेपछि खेल ५० मिनेट खेल अवरुद्ध भयो । पोस्टबाट बाहिरिएको बललाई रेफ्रीले गोल भएको निर्णय सुनाइएको भन्दै मनाङका खेलाडीले असहमति जनाएका थिए । मनाङका खेलाडी सहमतिमा आएपछि खेल सुचारु भएको थियो । खेलको ६४ औं मिनेटमा मनाङका कप्तान अनिल गुरुङले गोल गरे । उनले दोना थापाको क्रस पासमा हेडमार्फत गोल गर्न सफल भए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मनाङका विशाल राईले पाए । उनले पुरस्कार स्वरुप नगद ५० हजार रुपैया प्राप्त गरे । प्रतियोगितामा व्यक्तिगत ३ गोल गरेका आर्मीका नवयुग श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार नगद २५ हजार रुपैया प्राप्त गरे ।उत्कृष्ट डिफेण्डर आर्मीका सुमन अर्याल, मिडफिण्डर मनाङका दोना थापा, फर्वाड आर्मीका जर्ज प्रिन्स कार्की भए । उनीहरुले जनही २० हजार रुपैया पाए । उत्कृष्ट कोचको पुरस्कार उपाधि विजेता आर्मीका नबीन न्यौपाने भए । उनले पनि नगद २० हजार पाए । प्रतियोगिताको उत्कृष्ट टिमको पुरस्कार आयोजक सतासीधाम स्पोर्टिङ क्लबले पायो ।

कार्तिक २८ गतेदेखि सञ्चालित प्रतियोगितामा ए डिभिजनका ६, एक विदेशी र आयोजकसहित १० टिमको सहभागिता रहेको थियो ।

About Milan Shahi

Check Also

विश्वकप फुटबल २०१८को पोष्टर सार्वजनिक भएको छ

आउँदो जुन देखि सुरुहुने विश्वकप फुटबल २०१८को पोष्टर सार्वजनिक भएको छ। यो पोस्टरले रुसको कलात्मक …

नेपाली फूटबल इतिहासमा सबैभन्दा ठुलो पुरस्कार राशी भएको गोल्डकप फूटबल प्रतियोगिता इटहरीमा हुने

सुनसरीः सुनसरीको इटहरीमा मोफसलकै सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार राशिको फुटबल प्रतियोगिता हुने भएको छ। …

Leave a Reply