Home » राष्ट्रिय फुटबल

राष्ट्रिय फुटबल

नेपाली युवा अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीमा

कक्षा ११ मा अध्ययनरत नेपाली मुलका युवा फुटबलर प्रतिक पाण्डे अस्ट्रेलियाको यु १९ राष्ट्रिय टोलीमा छनोट हुन सफल भएका छन्। अष्ट्रेलियाका सबै माध्यमिक तहका बिद्यालयहरुबाट छानिएका १८ जनाको टोलीमा छनौट हुने उनी एक्ला नेपालीमुलका बिद्यार्थी हुन् । नेपाली मुलका बाबु श्री नापीत र आमा प्रतिक्षा पाण्डेका जेठा छोरा प्रतिक सानै उमेरदेखि फुटबलमा होमिएका थिए। सिड्नीका उत्तरी क्षेत्रमा बसोबास गर्दै आएको …

Read More »

साफ फुटबलको तयारीमा रहेको खेलाडी होस्टेल छाडेर डिस्कोमा

काठमाडौं । राष्ट्रिय फुटबल टिम यतिबेला एसियन गेम्सको तयारीमा छ । अखिल नेपाल फुटबल संघ एन्फाले एसियन गेम्स र साफ फुटबलको तयारीलाई संगसंगै अघि बढाईरहेको छ । सातादोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा अन्तिम २० सदस्यीय टोलीले नियमित अभ्यास गरिरहेका छन् । संघले खेलाडीलाई सातदोबाटोस्थित होस्टेलमा राखेर प्रशिक्षण दिने व्यवस्था मिलाएको छ । तर, नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले खेलाडीलाई अनुशासनमा राख्न …

Read More »

नेपाली फुटबल टोली थाइल्याण्ड जाने

एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली यु–२३ राष्ट्रिय फुटबल टिम दश दिने थाइल्याण्ड भ्रमणमा जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको थाइल्याण्ड भ्रमण’bout पक्का गरेको छ । मुख्य प्रशिक्षक ग्योतुकु कोजीले थाइल्याण्ड भ्रमण जाने २९ सदस्यीय टोलीको नाम समेत घोषणा गरेका छन् । नेपाली टोली: अभिषेक रिजाल, आदित्य चौधरी, एलन न्यौपाने, अनन्त तामाङ, …

Read More »

रौतहटमा सुबिधा सम्पन्न महिला फुटबल एकेडेमी बन्ने

रौतहटको चन्द्रनिगाहपुरमा महिला फुटबल खेलाडीका लागि एकेडेमी बन्ने भएको छ । यस्को लागि विश्व फुटबल महासंघ (फिफा) ले स्वीकृती दिएपछि चन्द्रनिगाहपुरमा बन्ने पक्का भएको हो । नेपालमै पहिलो महिला एकेडेमी चन्द्रनिगाहपुरमा बन्ने भएको हो । रौतहटमा महिला फुटबल खेलाडीका लागि सुविधासम्पन्न होस्टेल, स्तरीय मैदान सहितको एकेडेमी बन्ने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनु भयो । नेपालमा महिला फुटबल खेलको बिकास …

Read More »

कास्की एन्फा कपको उपाधी सैनिक र चिल्ड्रेन एकडेमीलाई

कास्की एन्फा कपको उपाधी सैनिक र चिल्ड्रेन एकडेमीलाई

कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्की द्वारा संचालित एन्फा कप २०७५ छात्र तर्फको उपाधी सैनिक आवाशिय महाविद्यालय र छात्रा तर्फ चिल्डे«न एकेडेमीले हासिल गरेका छन ।सोमबार सम्पन्न छात्र तर्फको फाइनलमा सैनिक र अम्मरसिंह माबीलाई ५–४ गोलले पराजित गर्दै गत वर्षको बदला समेत लिएको छ । सैनिक गत वर्ष अम्मरसिंह संग फाइनलमा पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो । दुवै टिमको …

Read More »

पाँचथर गोल्डकप आइतबारदेखि

पाँचथर गोल्डकपको दोश्रो संस्करण आइतबार सुरु हुँदैछ । फिदिम माविको मैदानमा मिसन युनाइटेट ताप्लेजुङ र आयोजक पाँचथर क्लबबीचको उद्घाटन खेलसँगै प्रतियोगिता सुरु हुनेछ ! प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख गोविन्द सुब्बाले गर्ने आयोजक क्लबले जानकारी दिएको छ। दोश्रो पाँचथर गोल्डकपको विजेताले ३ लाख ५ हजार ५ सय ५५ र दोस्रो हुने टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ …

Read More »

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले फाइनल स्थान पक्का गरेको हो । थ्रीस्टारका लागि मार्टिनले ४३ मिनेट र ७६ मिनेट, बुद्ध चेमजोड्गले ५३ मिनेट, र बिमल घर्ती मगरले ७८ मिनेटमा बिमल घर्ती मगरले गोल गर्दै जित दिलाए । खेलमा थ्रीस्टारका बिमल घर्ती मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको बिजेताले उपाधिसहत १२ …

Read More »

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको छ । बुधवारे जेसीज र होक्से युवा क्लबको संयुक्त आयोजनामा बुद्धशान्ति – १ होक्सेको त्रिभुवन माविको खेल मैदानमा शनिवार भएको फाइनल खेलमा आयोजक होक्से युवा क्लबलाई १ – ० गोल अन्तरले हराउँदै सैनिकले उपाधी जितेको हो। सैनिकका लागि राजकुमार कन्दङवाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो …

Read More »

फुटबलमा भारतसँग नेपाल १-० ले पराजित

कतारको दोहा स्टेडियममा सम्पन्न नेपाली राष्ट्रिय फुटबल टोली कतार र भारतीय फुटबल टोली कतार बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । मैत्रीपूर्ण फुटबल खेलमा नेपालले भारतसँग ०–१ को हार बेहोरेको हो।

Read More »

झापा ११ लाई पन्छाउँदै आर्मी विराट गोल्डकपको फाईनलमा, बिमलको गोल निर्णायक

विराटनगर शहिद रंगशालामा गएराती भएको सेमिफाईनल खेलमा झापा ११ लाई पन्छाउँदै विभागीय टोली आर्मी विराट गोल्डकपको फाईनल पुगेको छ । झापा ११ लाई १–० गोल पन्छाउँदै आर्मी उपाधि नजिक पुगेको हो । अब उपाधिको लागि आर्मीले आउँदो सोमबार संकटा क्लब र थ्रीस्टारबीचको विजेतासंग फाइनल प्रतिष्पर्धा गर्ने छ । आर्मीका लागि खेलको ६८ औं मिनटमा बिमल पाण्डेले एक मात्र निर्णायक गोल गरे । खेलमा आर्मीका …

Read More »