कुख्यात आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाईविश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको खल्बल्याउने तस्बिर सार्वजनिक गरेको छ । प्रतियोगिताको सुरक्षासम्बन्धिप्रश्न उठिरहँदा सो तस्बिर सार्वजनिक भएको हो ।
सार्वजनिक गरिएको यस तस्बिरमा मेस्सी टाउको काटिएको र आईएसको झन्डा छेऊमा लडिरहेको देखाइएको छ भने नेयमार रुँदैघुंडामा उभिएका छन् । आफ्ना मुस्लिम देशहरु सुरक्षित नभएसम्म कतै सुरक्षित नहुने आईएसको पोस्टरमा लेखिएको छ ।
यो फोटो इस्लामिक स्टेट मिडिया फाउन्डेसनद्वारा फोटोसप गरिएको हो ।यस तस्बिरप्रति चिन्ता व्यक्त गर्दै अर्जेन्टिना फुटबलसंघका अध्यक्ष क्लाउडियो टापियाले रुससँग सुरक्षासम्बन्धि छलफल पनि गरेका छन् ।
यसअघि आईएसले मेस्सीलाई जेलभित्र राखिएको तथा प्रशिक्षक डिडियर डेसक्याम्पमाथि बन्दुक तेर्साइएको तस्बिर सार्वजनिकगरेको थियो ।विश्वकप २०१८ को प्रतियोगिता स्थल रहेको भोल्गोग्राड एरिनामा एक आईएस लडाकुको बम सहितको तस्बिर पनिविश्वकपलाई लक्षित गरेर आईएसले सार्वजनिक गरेको थियो ।
विश्व खेलकुदमै सबैभन्दा ठूलो र लोकप्रिय मानिने विश्वकपको आउने संस्करण सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्मखेलिने छ । अर्जेन्टिनाका मेस्सी र ब्राजिलका नेयमार आआफ्ना राष्ट्रका लागि विश्वकप २०१८ अभियानमा मुख्य भुमिका निर्वाहगर्ने छन् ।
(हाम्रो खेलकुदबाट)
One comment
Pingback: रोनाल्डोलाई लक्षित गर्दै आईएसको आयो चेतावनीपूर्ण संदेश - NepaliGoal.com