Home » राष्ट्रिय फुटबल » नेपाली फूटबल इतिहासमा सबैभन्दा ठुलो पुरस्कार राशी भएको गोल्डकप फूटबल प्रतियोगिता इटहरीमा हुने

नेपाली फूटबल इतिहासमा सबैभन्दा ठुलो पुरस्कार राशी भएको गोल्डकप फूटबल प्रतियोगिता इटहरीमा हुने

सुनसरीः सुनसरीको इटहरीमा मोफसलकै सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार राशिको फुटबल प्रतियोगिता हुने भएको छ। इटहरीको राष्ट्रिय जागृति क्लबको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी क्लबले जानकारी गराइएको हो।

क्लबले पुस १५ गतेदेखि २२ गतेसम्म ‘अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप’ नामको फुटबल प्रतियोगिता हुने भएको जनाएको हो।

विगत ११ वर्षदेखि ‘इटहरी गोल्डकप’ नामबाट फुटबल प्रतियोगिता गराउँदै आएको क्लबले यस वर्षदेखि मदन भण्डारी मेमोरियल नामबाट गोल्डकप आयोजना गर्न लागिएको क्लबका अध्यक्ष संजीव ढुंगानाले जानकारी दिए। गोल्डकपको उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ।  प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगितामा भारतको जर्ज टेलिग्राफ कोलकत्ता, युनाइटेड सिक्किम, बंगलादेशको मिरपुर एकादश ढाका र भुटानको सीएफसी र नेपालको मनाङ मस्र्यांदी, थ्रिस्टार, त्रिभुवन आर्मी, झापा ११, मोरङ ११ र आयोजक राष्ट्रिय जागृति क्लब गरी १० टिमको सहभागिता रहने बताइएको छ।

About Milan Shahi

Check Also

एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

लालिगुरास एशोसियन नेपाल पोखराको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” शुक्रबार देखि …

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश …

Leave a Reply