Home » अन्तर्राष्ट्रिय फुटबल

अन्तर्राष्ट्रिय फुटबल

मोरक्कोविरुद्व पोर्चुगलको जितः रोनाल्डोको गोल नै निर्णायक

काठमाडौं । रुस विश्वकपअन्तर्गत समूहगत चरणको आजको आफ्नो पहिलो खेलमा मोरक्कोविरुद्व पोर्चुगल १–० गोलले विजयी बनेको छ । खेलको ४ औं मिनेटमा कप्तान समेत रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले हेडमार्फत गोल गरेका थिए । रोनाल्डोले गरेको उक्त गोल नै निर्णायक बन्यो । मोरक्को अन्तिम खेल अगाडि नै विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । मोरक्कोविरुद्व पहिलो गोलसँगै स्टार खेलाडी रोनाल्डोले एउटा नयाँ …

Read More »

जिदान उत्कृष्ठ प्रशिक्षकबाट सम्मानित

फ्रान्सले उत्कृष्ठ फुटबल प्रशिक्षकको पुरस्कार रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई प्रदान गरेको छ । रियल मड्रिडलाई जिदानले गतवर्ष पाँच ट्रफी जिताएका थिए । जिदानले फ्रान्सेली राष्ट्रिय टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्प्सलाई पछि पारे । फ्रान्सेली लिग च्याम्पियन लिओनका प्रशिक्षक ब्रुनो जेनेसियोलाई पछि पार्दै उत्कृष्ठ प्रशिक्षकबाट सम्मानित भए । जिदान गतवर्ष फिफा मेन्स प्रशिक्षकको पुरस्कारबाट समेत सम्मानित भएका थिए ।

Read More »

रोनाल्डोको गोल संगै रियल म्याड्रिडको जित

स्पेनिस ला लिगा अन्तर्गत आज भएको रियल म्याड्रिड र एइबार बीच को खेलमा म्याड्रिडले एइबारलाई २–१ गोलले पराजित गरेको छ। खेलमा रियललाई जित दिलाउने दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। रोनाल्डोले ३४ मिनेटमा गोल गरेर रियललाई अग्रता दिलाए। तर एइबारका लागि रामिसले ५० मिनेटमा बराबरी गोल फर्काए। रोनाल्डोले ८४ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई जित दिलाएका हुन्। जितसँगै अंक तालिकाको …

Read More »

ब्राजिलका रोनाल्डिन्होले लिए फुटबलबाट सन्यास

ब्राजिलका विश्वकप विजेता फुटबलर रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएका छन् । रोनाल्डिन्होले सन्यासको घोषणा गरेका हुन् । अहिले ३७ वर्षका रहेका रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

Read More »

सबैभन्दा ‘मूल्यवान’ फुटबलर नेयमार, टप १० मा पनि परेनन् रोनाल्डो, यी हुन् टप १०

एजेन्सी। ब्राजिलका नेयमार जुनियर संसारका सबैभन्दा महंगा फुटबल खेलाडी हुनुको साथसाथै सबैभन्दा मूल्यवान खेलाडी पनि भएका छन् । फुटबल सम्बन्धी विश्लेषण गर्ने संस्था इन्टरनेशनल सेन्टर फर स्पोर्टस स्टडिजले संसारका सबैभन्दा ‘मूल्यवान (भ्यालुएबल) फुटबल खेलाडी’को सूची जारी गरेको छ । यसमा पहिलो स्थानमा रहेका नेयमारको ट्रान्सफर भ्यालू २१३ मिलियन युरो छ । २५ वर्षीय नेयमार अहिले फ्रन्सको क्लव पिएसजीमा आबद्ध छन् …

Read More »

लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई बार्सिलोनाले भित्र्यायो

स्पेनिस बार्सिलोनाले लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई १४२ मिलियन पाउण्डमा भित्र्याएको छ । बार्सिलोनाले सिजन सुरु हुनु अघि नै काउटिन्होलाई भित्र्याउन खोजेको थियो । तर, उसका थुप्रै प्रस्ताव लिभरपुलले अस्वीकार गर्‍यो । २५ वर्षीय ब्राजिलियन प्ले मेकरले ५ वर्षे सम्झौता गरेका छन् र उनको बाइआउट क्लज ४०० मिलियन युरो राखिएको छ । अब बेलायतको सबैभन्दा महंगो ट्रन्सफर रेकर्डका साथ नाउ क्याम्प …

Read More »

मेसीले बार्सिलोना छोड्ने

बार्सिलोना– अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले क्याटालोनिया स्पेनबाट स्वतन्त्र भए वा बार्सिलोनाले युरोपियन शीर्ष लिगको हैसियत गुमाए क्लब छोड्न सक्ने स्थानीय संचार माध्यमले जनाएका छन् । ‘मेसीले नोभेम्बरमा गरेको नयाँ सम्झौतामा बार्सिलोना युरोपको शीर्ष लिग खेल्दासम्म मात्र क्लबमा बस्ने उल्लेख गरिएको छ,’ स्पेनिस दैनिक एल मुन्डोले उल्लेख गरेको छ । बार्सिलोनाले क्लब र खेलाडीबीचको सम्झौता गोप्य हुने भन्दै यस विषयमा केही …

Read More »

रोनाल्डो रियल मड्रिड छोड्न तयारमा

आफ्नो पारिश्रमिक नबढेपछि स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार रहेका छन्। रोनाल्डो एक सय मिलियन युरो पाए अन्य क्लबमा जान तयार रहेको बेलायती पत्रिका डेलीरेकर्डले जनाएको छ। डेलीरेकर्डका अरुसार रोनाल्डो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन मध्ये एकमा जान सक्ने संकेत देखिएको छ। रोनाल्डोल सन् २०१६ मा पाँच सिजनका लागि गरेको सम्झौतामा उनको …

Read More »

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल विजयी

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३÷२ ले हराएको छ । गएको राति भएको खेलमा आर्सनललाई जिताउन एलेक्स साञ्चेजले दुई तथा मुस्ताफीले एक गोल गरे । क्रिष्टल प्यालेसका लागि टोन्सेण्ड र टोमकिन्सले एक एक गोल गरे पनि टीमलाई जिताउन भने सकेनन् । मुस्ताफीको गोलमा २५ औँ मिनेटमा आर्सनलले अग्रता लिएको खेलमा टनसेण्डले ४९ औँ मिनेटमा बराबरी गोल गरेका थिए …

Read More »

१०४ औँ मिनेटमा गोल गर्दै एसी मिलान सेमिफाइनलमा

एसी मिलान इटालियन कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको मिलान डर्बीमा एसी मिलानले इन्टर मिलानलाई १–० ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो ।

Read More »