Home » अन्तर्राष्ट्रिय फुटबल » नेपाली मुलका भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्री वैवाहिक बन्धनमा

नेपाली मुलका भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्री वैवाहिक बन्धनमा

नेपाली मुलका भारतीय फुटबल टिम कप्तान सुनिल क्षेत्री वैवाहिक बन्धनमा बाँधिएका छन्। लामो समय देखि सोनम भट्टाचार्यसँग प्रेममा रहेका क्षेत्रीले सोमबार हिन्दु परम्परा अनुसार विवाह गरेका हुन्। कोलकतामा भएको विवाहमा कप्तान क्षेत्री नेपाली ढाका टोपीमा सजिएर घोडा चढि दुलही लिन गएका थिए। गुडगाउँको एउटा होटलमा विवाह समारोह भएको थियो। विवाहको अघिल्लो दिन क्षेत्रीले जनै लगाएको तस्बिर सार्वजनिक गरेका थिए।

मोहन बगानका पूर्व उत्कृष्ट खेलाडी सुब्रत भट्टाचार्यकी छोरी सोनमसँग उनले दुई साताअघि औंठी साटासाट गरेका थिए। इन्डियन सुपर लिगको चौथो सत्रको उद्घाटन खेलमा उनले मुम्बई सिटीविरुद्ध खेल्दै बेंगलुरु एफसीका कप्तान क्षेत्री नयाँ दिल्ली पुगेका थिए। सोनमले स्कटल्यान्डबाट बिजनेस मेनेजमेन्टमा स्नातक गरेकी छिन्। नेपालीभाषी ३३ वर्षीय सुनिल क्षेत्रीको मामाघर नेपालको झापा हो।

About Milan Shahi

Check Also

१०४ औँ मिनेटमा गोल गर्दै एसी मिलान सेमिफाइनलमा

एसी मिलान इटालियन कोप्पा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत बुधबार राति घरेलु …

अर्को महंगो डिफेन्डर लिभरपुल जाने

साउथह्याम्पटनका डिफेन्डर भर्जिल भान डिक विश्व कीर्तिमानी मूल्यमा लिभरपुलमा अनुबन्ध हुने भएका छन् । भर्जिल …

Leave a Reply