Home » राष्ट्रिय फुटबल » झापा ११ लाई पन्छाउँदै आर्मी विराट गोल्डकपको फाईनलमा, बिमलको गोल निर्णायक

झापा ११ लाई पन्छाउँदै आर्मी विराट गोल्डकपको फाईनलमा, बिमलको गोल निर्णायक

विराटनगर शहिद रंगशालामा गएराती भएको सेमिफाईनल खेलमा झापा ११ लाई पन्छाउँदै विभागीय टोली आर्मी विराट गोल्डकपको फाईनल पुगेको छ ।

झापा ११ लाई १–० गोल पन्छाउँदै आर्मी उपाधि नजिक पुगेको हो । अब उपाधिको लागि आर्मीले आउँदो सोमबार संकटा क्लब र थ्रीस्टारबीचको विजेतासंग फाइनल प्रतिष्पर्धा गर्ने छ ।

आर्मीका लागि खेलको ६८ औं मिनटमा बिमल पाण्डेले एक मात्र निर्णायक गोल गरे ।

खेलमा आर्मीका कप्तान भरत खवास म्यान अफ द म्याच घोषित भए ।

आज अर्को सेमिफाइनल खेलमा संकटा क्लब र थ्रीस्टारबीच प्रतिष्पर्धा हुने छ ।

प्रतियोगिताको बिजेताले उपाधिसहत १२ लाख ७१ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख ५१ हजार प्राँप्त गर्नेछ ।

About Milan Shahi

Check Also

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश …

रुपन्देही ११ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो क्वार्टरफाइनलमा …

Leave a Reply