Home » अन्तर्राष्ट्रिय फुटबल » रोनाल्डोको ठाउँमा, रियल मड्रिडले भिनिसस जुनियरलाई भित्र्यायो

रोनाल्डोको ठाउँमा, रियल मड्रिडले भिनिसस जुनियरलाई भित्र्यायो

रियलले १८ वर्षीय स्ट्राइकर भिनिससलाई ६ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । रियलले भिनिसससंग सन् २०२५ सम्मको लागि सम्झौता गरेको जनाएको छ । भिनिससलाई रियलले ब्राजिलियन क्लब फ्लामेन्गोबाट ३५ मिलियन पाउण्डमा भित्र्याएको हो ।

ब्राजिलको उमेर समूहबाट खेलिसकेका भिनिससले यु–१५, यु–१७ र यु–२० टिमबाट खेलिसकेका छन् । भिनिससले गएको सिजन फ्लामेन्गोबाट ३७ खेल खेल्दै ७ गोल गरेका थिए ।

रियलले उनलाई गएको वर्ष नै क्लबमा अनुबन्ध गरेको बताए पनि उमेर हकबन्दीका कारण उनलाई क्लबमा ल्याइएको थिएन । १८ वर्ष मुनिको खेलाडीलाई कुनै पनि क्लबले अनुबन्ध गरेमा कारबाही हुने भएकाले रियलले उनलाई यो सिजनमा मात्र औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

About Milan Shahi

Check Also

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

नेपाली मुलका भारतीय कप्तान सुनिल क्षेत्री वर्षको उत्कृष्ट खेलाडी

भारतीय फुटबल टोलीका ३३ वर्षे कप्तान सुनिल क्षेत्री बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । …

Leave a Reply