Home » अन्तर्राष्ट्रिय फुटबल » फुटबलमै अचम्मको घटना : खेलाडीले गल्ती गरे देखाउने पहेँलो कार्डमा रेफ्रीले मागे खेलाडीसँग अटोग्राफ

फुटबलमै अचम्मको घटना : खेलाडीले गल्ती गरे देखाउने पहेँलो कार्डमा रेफ्रीले मागे खेलाडीसँग अटोग्राफ

विश्व फुटबलमा विभिन्न अचम्मका घटनाहरु भइरहन्छन । जसमा थप एउटा अचम्मको घटना भएको छ । खेल भइरहेको समयमा मैदानमा खेलाडीले गल्ती गरे भने उनीहरुलाई चेतावनी दिनका रेफ्रीले पहेँलो कार्ड प्रयोग गर्ने गर्छन । पहेँलो कार्डले खेलाडीलाई अब गल्ती गर्नु हुँदैन भन्ने संकेत पनि गर्छ ।

तर सिंगापुरमा एक रेफ्रीले पहेँलो कार्ड खेलाडीलाई चेतावनी दिन होइन, खेलाडीको अटोग्राफ लिनका लागि प्रयोग गरेका छन् । नयाँ सिजनको तयारीमा रहेको आर्सनल अन्तर्राष्ट्रिय च्याम्पियन्स कपका लागि सिंगापुरमा छ ।

आर्सनलले शनिबार बेलुका भएको खेलमा पेरिस सेन्ट–जर्मेन, पिएसजाई ५–१ ले हरायो । यो खेलमा आर्सनलको कप्तानी गरे भर्खरै राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका जर्मन मेसुट ओजिलले । उनले खेलमा गोल पनि गरे ।तर घटना खेल सुरु हुनुभन्दा अघिको हो । ओजिल खेलका लागि मैदान जाँदै थिए । टनेलमा खेलका रेफ्रीले ओजिलसँग अटोग्राफ मागे । रेफ्रीले पहेँलो कार्डमा अटोग्राफ दिन आग्रह गर्दा ओजिल केही अकमकिएका थिए ।

तर उनले मुस्कुराउँदै रेफ्रीको आग्रह पूरा गरे, पहेँलो कार्डमा हस्ताक्षर गरे ।

About Milan Shahi

Check Also

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

नेपाली मुलका भारतीय कप्तान सुनिल क्षेत्री वर्षको उत्कृष्ट खेलाडी

भारतीय फुटबल टोलीका ३३ वर्षे कप्तान सुनिल क्षेत्री बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । …

Leave a Reply