Home » अन्तर्राष्ट्रिय फुटबल » रोनाल्डो र मेस्सिलाई पाखा लगाउदै फिफा वर्ष खेलाडी अवार्डका लागि लुका मोड्रिच सबैभन्दा लोकप्रिय

रोनाल्डो र मेस्सिलाई पाखा लगाउदै फिफा वर्ष खेलाडी अवार्डका लागि लुका मोड्रिच सबैभन्दा लोकप्रिय

एजेन्सी । जव केही दिन अघि विश्वकप चलिरहेको थियो त्यतीबेला मेस्सी, रोनाल्डो, नेमार लगायतका स्टार खेलाडीका नाम निकै चर्चामा रहे । सामाजिक संजाल उनीहरुलाई समर्थन गरेर विभाजित थिए । तर यस वर्षको फिफा खेलाडी अवार्डका लागि भने क्रोएसियाली मिडफिल्डर लुका मोड्रिचले सबैलाई उछिनेका छन् । उनी अहिले सबैभन्दा लोकप्रिय देखिएका छन्।

आगामी सेप्टेम्बर २४ मा लण्डनमा हुने फिफा वर्ष खेलाडी अवार्डका लागि लुकाको पल्ला भारी देखिएको छ । स्पेनवाट हुने पत्रिकाले गरेको सर्भेक्षणमा यस्तो संकेत देखिएको हो । ३० हजार ब्यक्तिमा गरीएको सर्भेक्षणमा लुकालाई ४६ प्रतिशतले मन पराएका छन् ।

फिफाको नोमिनेशनमा रोनाल्डो, मेसी, नेइमारसहित केभिन डि ब्रुयन, आन्टन ग्रिजमन, इडेन हजार्ड, हेरी केन, कालियन एमबापे, मोहम्मद सलाह र राफायल भारान परेका छन् । सर्भेक्षण अनुसार सबैभन्दा अगाडी लुका छन् भने त्यसपछि क्रमश रोनाल्डो र मेस्सी परेका छन् ।

रोनाल्डोलाई १७ प्रतिशतले मन पराएका छन् भने मेस्सीलाई १४ प्रतिशतले मन पराएका छन् । त्यस पछि ग्रिजमन, भारान र एम्बापे परेका छन् । ग्रिजमनलाई १२ प्रतिशत, भारानलाई ३ प्रतिशत र एम्बापेलाई २ प्रतिशत भन्दा बढीले मनपराएका छन् । अरु खेलाडी एक प्रतिशत भन्दा तल छन् । फिफाले गत वर्ष गरेको एवार्डमा क्रिस्टियानो रोनाल्डो सम्मानित भएका थिए। उनले लगातार दुई वर्ष यो अवार्ड जितेका थिए ।

About Milan Shahi

Check Also

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

नेपाली मुलका भारतीय कप्तान सुनिल क्षेत्री वर्षको उत्कृष्ट खेलाडी

भारतीय फुटबल टोलीका ३३ वर्षे कप्तान सुनिल क्षेत्री बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । …

Leave a Reply