Home » राष्ट्रिय फुटबल » नेपाली युवा अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीमा

नेपाली युवा अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीमा

कक्षा ११ मा अध्ययनरत नेपाली मुलका युवा फुटबलर प्रतिक पाण्डे अस्ट्रेलियाको यु १९ राष्ट्रिय टोलीमा छनोट हुन सफल भएका छन्। अष्ट्रेलियाका सबै माध्यमिक तहका बिद्यालयहरुबाट छानिएका १८ जनाको टोलीमा छनौट हुने उनी एक्ला नेपालीमुलका बिद्यार्थी हुन् ।

नेपाली मुलका बाबु श्री नापीत र आमा प्रतिक्षा पाण्डेका जेठा छोरा प्रतिक सानै उमेरदेखि फुटबलमा होमिएका थिए। सिड्नीका उत्तरी क्षेत्रमा बसोबास गर्दै आएको प्रतिकले स्कुल, क्षेत्र ,राज्यस्तरीय छनोट र प्रतियोगिताको आफ्नो कुशल प्रर्दशनपछि यु १९ स्कुल राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।

प्रतिक अहिले सिड्नीको उत्कृष्टमध्येको फुटबल क्लब म्यानलि युनाईटेडबाट अनुबन्धित भएर स्ट्राइकरका रुपमा नेशनल प्रिमियर लिग – १ खेलिरहेका छन् । अष्ट्रेलियाको राष्ट्रिय टोलीमा छनौट भए लगत्तै केही महिनापछि हुने अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन उनी बेलायत, आयरल्याण्ड र स्कटल्याण्ड जाने भएका छन् ।

About Milan Shahi

Check Also

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

फुटबलमा भारतसँग नेपाल १-० ले पराजित

कतारको दोहा स्टेडियममा सम्पन्न नेपाली राष्ट्रिय फुटबल टोली कतार र भारतीय फुटबल टोली कतार बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल भारतसँग …

Leave a Reply