Home » राष्ट्रिय फुटबल » साफ फुटबलको तयारीमा रहेको खेलाडी होस्टेल छाडेर डिस्कोमा

साफ फुटबलको तयारीमा रहेको खेलाडी होस्टेल छाडेर डिस्कोमा

काठमाडौं । राष्ट्रिय फुटबल टिम यतिबेला एसियन गेम्सको तयारीमा छ । अखिल नेपाल फुटबल संघ एन्फाले एसियन गेम्स र साफ फुटबलको तयारीलाई संगसंगै अघि बढाईरहेको छ ।

सातादोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा अन्तिम २० सदस्यीय टोलीले नियमित अभ्यास गरिरहेका छन् । संघले खेलाडीलाई सातदोबाटोस्थित होस्टेलमा राखेर प्रशिक्षण दिने व्यवस्था मिलाएको छ ।

तर, नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले खेलाडीलाई अनुशासनमा राख्न नसक्दा नेपालको तयारी ‘बालुवामा पानी’ हुने संकेत देखिएको छ । एन्फाले खेलाडीलाई अनुशासनमा राख्न नसक्दा राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका खेलाडीहरु रातको समय डिस्को र क्लबमा बिताईरहेका छन् ।

राष्ट्रिय टिमका केही खेलाडी नियमित जस्तै रातको समयमा होस्टेल बाहिर मादक पद्धार्थ सेवन गरेर बरालिदा एन्फा भने बेखबर बनेर बसेको छ । खेलाडीहरु अनुशासन बाहिर गएर गैर जिम्मेवार क्रियाकलाप संलग्न रहने गरेका घटनाहरु दोहरिदा समेत एन्फा भने खेलाडीको बचाऊमा लाग्दै आएको छ ।

त्यही प्रकृतिको घटना शुक्रबार राति घटेको छ । राष्ट्रिय टिमका खेलाडीहरु विमल घर्ती मगर, अन्जन विष्ट, विशाल राई र हेमन्त थापा मगर रातको करिब ९ बजेतिर एन्फाको होस्टेलबाट बाहिर निस्किएका थिए । रातको समयमा उनीहरु दरबारमार्ग र ठमेलका विभिन्न डिस्को र क्लबमा विताए । बिहान ४ बजे मदिराले मात्तिएको अवस्थामा उनीहरु एन्फाको होस्टेल पुगेका थिए । त्यतिमात्र नभएर एन्फा परिसरमा उनीहरु हो–हल्लामै उत्रिए । त्यसपछि यो घटना बाहिर आएको छ ।

घटना सार्वजनिक भएसंगै खेलाडीलाई कारबाही गर्ने÷नगर्ने भन्नेमा पदाधिकारीबीच मत बाझिएको छ । केही पदाधिकारी खेलाडीलाई अनुशासनमा राख्न कारबाही गर्नुपर्ने मत राखेका छन् । केही कारबाहीको विपक्षमा उभिएका छन् ।

खेलाडीको गैरजिम्मेवार क्रियाकलापमा एन्फा नेतृत्व मौन बसिदिदाँ लामो समयदेखि यसप्रकारका घटना दोहरिदै आएका छन् । तर, एन्फा महासचिव इन्द्रमान तुलाधरले खेलाडीको पहिचान गर्ने प्रक्रिया अघि बढेको बताउदै खेलाडीलाई स्पष्टिकरण सोध्ने तयारी भईरहेको खेलपाटीलाई बताए ।
(साभार: खेलपाटी)

About Milan Shahi

Check Also

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

फुटबलमा भारतसँग नेपाल १-० ले पराजित

कतारको दोहा स्टेडियममा सम्पन्न नेपाली राष्ट्रिय फुटबल टोली कतार र भारतीय फुटबल टोली कतार बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल भारतसँग …

Leave a Reply