Home » अन्तर्राष्ट्रिय फुटबल » हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस गएपछि रियलले हार्जाड किन्ने तयारी गरेपनि चेल्सीले विश्वकिर्तिमानी रकम २०० मिलियन पाउण्ड माग गरेपछि रियल हार्जाड किन्न पछि हटेको हो ।

स्पेनिस पत्रिका एएसका अनुसार रियल हार्जाड किन्ने अभियानबाट बाहिर निस्किएको हो । स्पेनका पूर्व प्रशिक्षक लोपेगुईले इस्को र मार्को एसेन्सियोलाई महत्वपूर्ण खेलाडीकारुपमा अघि बढाउने बताइएको छ । लोपेटेगुई इस्कोका ठूला प्रसंशक हुन् । इस्कोको प्रतिभा ’bout लोपेटेगुई जानकार छन् ।

रियलले रोनाल्डोको विकल्पकारुपमा पेरिस सेन्ट जर्मेनका नेयमार र केलियन एमबाप्पेलाई समेत भित्र्याउने योजना बनाएको थियो । तर दुवै खेलाडीले पिएसजी नछोड्ने बताइसकेका छन् ।

About Milan Shahi

Check Also

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

नेपाली मुलका भारतीय कप्तान सुनिल क्षेत्री वर्षको उत्कृष्ट खेलाडी

भारतीय फुटबल टोलीका ३३ वर्षे कप्तान सुनिल क्षेत्री बर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । …

Leave a Reply