Home » अन्तर्राष्ट्रिय फुटबल » जसले डेब्यू खेलमै तीन पेनाल्टी बचाएर आफैले विजयी गोल गरे (भिडियोसहित)

जसले डेब्यू खेलमै तीन पेनाल्टी बचाएर आफैले विजयी गोल गरे (भिडियोसहित)


एथ्लेटिको मड्रिडका गोलरक्षक एन्टोनियो एडनले तीनवटा पेनाल्टी प्रहारको सुन्दर बचाउ गरे भने विजयी गोल पनि गरेका छन् । अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत आर्सनलसँग सिंगापुरमा भएको खेलमा एन्टोनियोले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जित दिलाएका हुन् ।

३१ वर्षका एडान केही समयअघि मात्रै रियल बेटिसबाट एथ्लेटिको मड्रिड आएका हुन् । दोस्रो हाफमा मैदान छिरेका उनले एथ्लेटिकोबाट आफ्नो डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

लुसिएनो विएट्टोको गोलबाट एथ्लेटिको मड्रिडले अग्रता लिएको थियो । तर आर्सनलका किशोर खेलाडी एमली स्मिथ रोवेले बराबरी गोल फर्काएपछि खेल पेनाल्टीमा पुगेको हो ।

पेनाल्टीमा एडनले आर्सनलका हेनरिक एमखितर्यान, जोसेप विलओक र एवार्ड एनकेतिहको प्रहार जोगाए । एडनले पेनाल्टीमा गोल गरे । एन्टोनी ग्रिजम्यान, डिएगो गोडिन र डिएगो कोस्टा बिना मैदानमा रहेको एथ्लेटिकोले पेनाल्टीमा ३ १ ले खेल जित्यो ।

About Milan Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply