Home » राष्ट्रिय फुटबल » रौतहटमा सुबिधा सम्पन्न महिला फुटबल एकेडेमी बन्ने

रौतहटमा सुबिधा सम्पन्न महिला फुटबल एकेडेमी बन्ने

रौतहटको चन्द्रनिगाहपुरमा महिला फुटबल खेलाडीका लागि एकेडेमी बन्ने भएको छ । यस्को लागि विश्व फुटबल महासंघ (फिफा) ले स्वीकृती दिएपछि चन्द्रनिगाहपुरमा बन्ने पक्का भएको हो । नेपालमै पहिलो महिला एकेडेमी चन्द्रनिगाहपुरमा बन्ने भएको हो । रौतहटमा महिला फुटबल खेलाडीका लागि सुविधासम्पन्न होस्टेल, स्तरीय मैदान सहितको एकेडेमी बन्ने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनु भयो ।
नेपालमा महिला फुटबल खेलको बिकास हुदै गएको समयमा एन्फाले रौतहटको चन्द्रनिगाहपुरमा ४ करोडको लागतमा महिला फुटबल टेक्निकल सेन्टर निर्माण गर्न लागेको हो । एकेडेमीमा देशभरका ६० जना महिला खेलाडी रहने छन । स्थानीय वन उपभोक्ता समितिसँग २५ वर्षका लागि एकेडेमी निर्माण गर्न जग्गा लिजमा लिइएको छ ।

About Milan Shahi

Check Also

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

फुटबलमा भारतसँग नेपाल १-० ले पराजित

कतारको दोहा स्टेडियममा सम्पन्न नेपाली राष्ट्रिय फुटबल टोली कतार र भारतीय फुटबल टोली कतार बीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल भारतसँग …

Leave a Reply