Home » अन्तर्राष्ट्रिय फुटबल » फ्रान्सका स्ट्राइकर एम्बाप्पेले विश्वकपमा किन लुकाए यस्तो कुरा ?

फ्रान्सका स्ट्राइकर एम्बाप्पेले विश्वकपमा किन लुकाए यस्तो कुरा ?

फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकपको सेमिफाइनल र फाइनल खेल चोटसहित खेलेको खुलासा गरेका छन्।

फ्रान्स फुटबल म्यागेजिनसँग कुरा गर्दै एम्बाप्पेले बेल्जियमसँगको सेमिफाइनलको तीन दिनअघि आफ्नो मेरूदण्डको तीन वटा हड्डी सरेको बताएका छन्।

‘हाम्रा प्रतिद्वन्द्वीलाई त्यो कुरा थाहा नदिनु जरूरी थियो। नत्र उनीहरूले त्यसको फाइदा उठाउँदै त्यो संवेदनशील भागमा केन्द्रीत हुन्थे,’ विश्वकपमा चार गोल गरेका एम्बाप्पेले भनेका छन्, ‘त्यसैले खेलाडी र टोलीका अन्य सदस्यले फाइनलको अघि पनि त्यो कुरा लुकाए।’

बेल्जियमविरूद्धको सेमिफाइनल र क्रोएसियाविरूद्ध फाइनल दुबै खेलमा एम्बाप्पेले राम्रो प्रदर्शन गरेका थिए।

फाइनलमा उनले एक गोल पनि हानेका थिए। पहिलो पटक विश्वकप खेलेका एम्बाप्पे उत्कृष्ट युवा खेलाडी बनेका छन्। १९ वर्षीय एम्बाप्पेले टिनएजमै विश्वकपको एउटै खेलमा २ गोल र फाइनलमा गोल गर्ने पेलेको रेकर्ड पनि बराबर गरेका छन्।

About Milan Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply