Home » अन्तर्राष्ट्रिय फुटबल » विश्वका १० महँगा युवा खेलाडी; यस्तो छ मूल्य र खेल्ने क्लबको बिवरण

विश्वका १० महँगा युवा खेलाडी; यस्तो छ मूल्य र खेल्ने क्लबको बिवरण

भखरै समापन भएको विश्वकप २०१८, रसियाले विभिन्न देशका विभिन्न युवा खेलाडीलाई दर्शक माझ परिचित गरायो र विभिन्न क्लबमा आफ्नो छबि देखाउने अवसर दिलायो। फुटबल खेलमा रोमान्चक र निकै असरदायी रुप खेलाडी स्थान्तरण मानिने भएता पनि हालै, युवा खेलाडीको मान्यता र मुल्य बढेको पाइन्छ। जिबन्त उदाहरणका निम्ति किलैन एम्बप्पेलाइ मान्न सकिन्छ।

१० युवा खेलाडीको मूल्य र खेल्ने क्लबको बिवरण:

१. किलियन एम्बाप्पे ।पेरिस सेन्ट. जर्मन। १९२.३ मिलियन यूरो

संसारभर नै आज चर्चा छ त १९ बर्षे खेलाडी किलियन एम्बाप्पे जो फ्रान्सबाट बिश्वकप २०१८ मा आफ्नो जादु देखाउदै संसारलाई चकित पारीसके र फिफाबाट नया नक्षेत्रको रुपमा मानिदै फिफाबाट मनोनित पनि भै सकेका छन् । मोनाकोबाट लोनमा पेरिस गएका एम्बाप्पेको मुल्य ह्वात्तै बढेर १९२ मिलियन पुगेको छ । यि खेलाडीलाइ किन्न विभिन्न क्लब आतुर गरिरहदा पनि उनि कतै नजाने ढिपी देखाइरहेका छन् । युवा खेलाडी भयता पनि उनलाई पेले, मेस्सी, रोनाल्डोसंग दाजिएको छ ।रोनाल्डो युबेन्टस गए संगै रियलको नजर एम्बाप्पे माथि परिरहेको छ ।

२. मर्कुस रासफोर्ड ।म्यानचेस्टर युनाइटेड। ८९.२ मिलियन यूरो

एन्ग्लिश फुटबल खेली रहेका रासफोर्ड, मौरिन्होको ११ भित्र परिरहन १२ महिनाको कसरत र परिश्रम संगै आफ्नो मुल्य ५० मिलियनले बढाउन सफल भएका छन् । हालैको विश्वकपमा आफ्नो जादू देखाउन सफल यी खेलाडीको राम्रो भविष्य रहेको दाबी गरिएको छ । उनि हालै २० सालको भए।

३.गाब्रिएल जेसस ।म्यानचेस्टर सिटी। ८८ मिलियन यूरो

ब्राजिलियन फुटबल टिममा २०१८मा बिश्वकप समेत खेली सकेका गाब्रिएलको खेल र खेलखेल्ने रुप दोब्बर भएको छ र साथै उनको माग पनि तेती नै बढेको छ, राम्रो गोल स्कोर गर्दै आएका २१ बर्सिय गाब्रिएलले म्यानचेस्टर सिटीबाट निकै राम्रो खेल पदर्शन गर्दै आएका छन् ।

४.औसमाने डेम्बेले ।बासिलोना। ८४.३मिलियन यूरो

६०.९ मिलियन यूरोबाट १२ महिनामा डेम्बेलेको मुल्य बढ्दै हाल ८४.३ मिलियन यूरो पुगेको छ, द्रोटमण्डबाट बार्सा प्रवेश गरेका डेम्बेलेको मुल्य बढ्ने क्रम आझै बढ्दो रहेको छ । विश्वकप २०१८मा फ्रान्सको टिममा पर्न सफल बनेका डेम्बेलेको माग ह्वात्तै बढेको छ ।

५. मालकोम ।बोरडीअक्स। ६४.६ मिलियन यूरो

‘लिग ए’का सीतारा मानिने मालकोम हाल खेली रहेको क्लबबाट बिदा लिने अवस्थामा रहेका छन् उनको टार्गेट आर्सनल र टोतेनहाम रहेको छ । ब्राजिलियन यस खेलाडी विन्गर खेलको साथ एवेरटन र मिलान दुवैका लागि टार्गेट भनेका छन् ।

६.फेद्रिको चिएसा ।फ़िओरेन्तिनो। ६३.३ मिलियन यूरो

चेल्सी, लिबरपूल, तोटेंहम जस्ता विभिन्न क्लबबाट प्रस्ताब आईरहदा समेत फेद्रिको फ़िओरेन्तिनो मै बसी रहेका छन्, इटालीमा जन्मिएका फेद्रिको रोमा र मिलानले निकै आकर्षण देखाइरहेको छ । तर यी खेलाडीलाइ यस पाली भने न बेच्ने घोसणा गरेको छ ।

७. जियानलुइगी दोंनारुम्मा ।मिलान। ६२.८ मिलियन यूरो

मिलानबाट फुटबल खेल्ने जीयानलुइगी १९ बर्षका भए, २०१७ बाट पुन २०१८ मा खेल्ने राम्रो नतिजा बोकेका खेलाडी बन्ने पुगे जियानलुइगी । पल्सिक जस्तै राम्रो पदर्शन गर्न नसकेता पनि यस साल पनि उनि मिलानको टोलीमा पर्न सफल भए । लिबरपूलमा अलिस्सनको ठाउँमा यी खेलाडीलाई रोजिएको थियो ।

८.क्रिस्टेन पल्सिक । ब्रुसिया द्रोटमण्ड । ६१.२मिलियन यूरो

राम्रो सम्भावना र निकै राम्रो खेल पर्दशन गर्दै पल्सिकले ब्रुसिया द्रटमण्डमा आफ्नो स्थानलाई अझै राम्रो स्थान र राम्रो साथ पाउने आशा सहित युवा खेलाडीको बरियतामा राम्रो स्थान प्राप्त गरेका छन् । १९ बर्षे पल्सिक अमेरिकाको राष्ट्रिय टोलीमा खेल्दछन्।

९. लिओन बैलि | बाएर लिबरकुसेन | ५६.५मिलियन यूरो

बनडेसलिगामा राम्रो खेल पदर्शन गरे संगै लियोन क्लब र राष्ट्रिय खेलाडीको टोलीमा पर्ने सम्भावनालाई एक रुपता दिएको पाइन्छ। बाएर लिबरकुसेनका विंगरका रुपमा रहेका लियोन २० बर्षका भए ।

१०. माइकल ओयरज़बल |रियल सोसाईडाड| ५१.३ मिलियन यूरो

माइकल रोमा जाने टार्गेट हुदै छ भने उनि हालैमा रियल सोसाईडाडमा आबर्द छन् भने उनि केहि समयमा स्पेनको इस्क्वाड भित्र पर्ने सम्भाबनालाइ पनि कायम गरिरहेका छन् । उनि स्पेन मार्फत अन्डर २१को राष्ट्रिय ११ मध्यका खेलाडी पनि रहेका छन् ।

About Milan Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply