Home » अन्तर्राष्ट्रिय फुटबल » फिफा वर्ष खेलडीका लागि विश्व उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक, अटाएनन नेयमार

फिफा वर्ष खेलडीका लागि विश्व उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक, अटाएनन नेयमार

फिफा वर्ष खेलडीका लागि विश्व उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक गरिएको छ । फिफाले सावर्जजनिक गरेको मनोनयनको सुचिमा विश्वविजेता फ्रान्सबाट तीन खेलाडी परेका छन भने ब्राजिलका नेइमार परेनन।नयाँ पेलेको उपनाम पाएका फ्रान्सका किलियम एम्बाप्पेसँगै एन्टोनियो ग्रेजम्यान र राफेल भाराने उत्कृष्ट १० को सूचीमा परेका हुन् ।मनोनयनमा परेका अरु खेलाडीमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि छन् ।

मेस्सी र रोनाल्डोले ५ र ५ पटक बलुन डे ओर जितिसकेका छन् । यसैगरी इंग्लण्डका ह्यारी केन र इजिप्टका मोहमद सलाह पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् ।यसैगरी चेल्सी तथा बेल्जियमका एडिन हाजार्ड, म्यान्चेस्टर सिटी तथा बेल्जीयमका केभिन डे ब्रायन र रियाल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिच पनि मनोनयनमा परेका छन् । फिफाले यही सेप्टेम्बर २४ तारिखमा लण्डनमा एक भव्य समारोह आयोजना गरी वर्ष खेलाडी घोषणा गर्नेछ ।

About Milan Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply