विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले फाइनल स्थान पक्का गरेको हो ।
थ्रीस्टारका लागि मार्टिनले ४३ मिनेट र ७६ मिनेट, बुद्ध चेमजोड्गले ५३ मिनेट, र बिमल घर्ती मगरले ७८ मिनेटमा बिमल घर्ती मगरले गोल गर्दै जित दिलाए ।
खेलमा थ्रीस्टारका बिमल घर्ती मगर म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको बिजेताले उपाधिसहत १२ लाख ७१ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख ५१ हजार प्राँप्त गर्नेछ ।