Home » राष्ट्रिय फुटबल » बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको छ । बुधवारे जेसीज र होक्से युवा क्लबको संयुक्त आयोजनामा बुद्धशान्ति – १ होक्सेको त्रिभुवन माविको खेल मैदानमा शनिवार भएको फाइनल खेलमा आयोजक होक्से युवा क्लबलाई १ – ० गोल अन्तरले हराउँदै सैनिकले उपाधी जितेको हो।

सैनिकका लागि राजकुमार कन्दङवाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो र उपाधी जित्यो। जितसंगै सैनिकले नगद ५० हजार रुपैयाँ, ट्रफि, प्रमाण–पत्र प्राप्त गरेको छ भने उप–बिजेता बनेको आयोजक होक्से युवा क्लबले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ । खेलको म्यान अफ द म्याच बिजयी टोलीका राजकुमार कन्दङवा घोषित भए ।

About Milan Shahi

Check Also

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश …

रुपन्देही ११ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो क्वार्टरफाइनलमा …

Leave a Reply