Home » राष्ट्रिय फुटबल » एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

लालिगुरास एशोसियन नेपाल पोखराको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” शुक्रबार देखि पोखरामा सुरु भएको छ ।

उद्घाटन खेलमा रञ्जन मेमोरियल क्लबले जितको सुरुवात गरेको छ । रञ्जन मेमोरियलले केशरी युबा क्लवलाई २–० गोल अन्तरले पराजित गरेको हो । रञ्जनको जितमा शुसान गुरुङले दुइ गोल गरे ।
त्यसै गरि दोश्रो खेलमा लेकसाइड फुटबल क्लवले एलसी बर्दश लामाचौरलाई २–१ गोल खन्तरले पाखा लगायो । लेकसाइडको जितमा कमल थापाले २ गोल गरे भने लामाचौरका लागि समिर कुवरले एक गोल फर्काए ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै कास्की जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले खेलकुद बाट युवाहरुले अनुशासनको पाठ सिक्न सक्ने बताए । कार्यक्रममा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले कास्कीमा फुटबल खेल नयाँ गतिका साथ अगाडी बढने बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८०, तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
यसैगरि प्रतियोगितामा वेष्ट प्लेयर र हाइएष्ट स्कोरर क्रमश नगद ८ हजारका साथमा ट्रफी पाउने छन भने वेष्ट डिफेन्डर, वेष्ट किपर, वेष्ट मिड फिल्डर र वेष्ट स्ट्राइकरले क्रमश नगद ४ हजारका साथमा ट्रफी र अनुशासित एक टिमले प्राप्त गर्ने छ।

प्रतियोगितामा करिब ६४ टिमको सहभागिता रहेको छ।

About Milan Shahi

Check Also

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश …

रुपन्देही ११ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा जारी तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो क्वार्टरफाइनलमा …

Leave a Reply