Home » राष्ट्रिय फुटबल » रोहितको टोली पर्सिजा जकार्ता इण्डोनेसियन प्रेसिडेन्ट कपको सेमिफाइनलमा

रोहितको टोली पर्सिजा जकार्ता इण्डोनेसियन प्रेसिडेन्ट कपको सेमिफाइनलमा

इण्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ता इण्डोनेसियन प्रेसिडेन्ट कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा जकार्ताले मित्र कुकरलाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भयो ।

जकार्ताको जितमा मार्को सिमिकले दुई गोल गरे भने बम्बङ्ग पामुङ्गकासले एक गोल गरे । उता पराजित मित्रका लागि फर्नान्डो रोड्रिग्वेजले एक मात्र सान्त्वना गोल फर्काए । उक्त खेलमा टोलीको पहिलो रोजाईमा रहेर खेलेका रोहित ६४ औं मिनटमा मैदान बाहिरिएका थिए ।

अब सेमिफाइनलमा जर्काताले पिएसपिएस मेडनबिरुद्ध होम एण्ड अवेका आधारमा आउँदो १० फेब्रुअरी र १३ फेब्रुअरीमा खेल्नेछ । प्रतियोगिताको फाइनल खेल १७ फेब्रुअरीका दिन जकार्तामा हुनेछ ।

स्रोत: खेलदैनिक

About Milan Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply