Home » राष्ट्रिय फुटबल » मनाङलाई जित्दै संकटा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

मनाङलाई जित्दै संकटा बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

माघ २०, सुनसरी । धरानमा शनिबारदेखि सुरु भएको २०औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा संकटाले मनाङ मस्र्याङदी क्लवलाई पराजित गरेको छ ।

धरान रंगशालामा शनिबार भएको खेलमा मनाङ मर्स्याङदी क्लवलाई १-० गोलले हराउँदै संकटाले विजयी शुरुवात गरेको हो । संकटाका लागि विदेशी खेलाडी इर्नेस्टले गोल गरे ।

जितसँगै संकटा प्रतियोगिताको सेमिफाइनल पुगेको छ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र सात विधाका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन ।

About Milan Shahi

Check Also

एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

लालिगुरास एशोसियन नेपाल पोखराको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” शुक्रबार देखि …

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश …

Leave a Reply