Home » राष्ट्रिय फुटबल » बिमलको भारतीय फुटबल लिगमा डेब्यू, मोहन बगान ३–० ले विजयी

बिमलको भारतीय फुटबल लिगमा डेब्यू, मोहन बगान ३–० ले विजयी

मोहन बगानमा अाबद्ध भएका राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगरले भारतीय घरेलु फुटबल लिग आई लिगमा डेब्यू गरेका छन् । उनको डेब्यू खेलमा मोहन बगानले सिलोङ लाजोङलाई ३–० ले हराएको छ ।

इन्जुरी समयको दोस्रो मिनेटमा मैदान भित्रेका विमलले गोल गर्ने एक अवसर पाएका थिए तर विमलको प्रहार विपक्षी गोलकिपरले छेकेका थिए ।

यस जितसँगै मोहन बगान तालिकाको तेस्रो स्थानमा रहेको छ । मोहन बगानको १२ खेलमा २० अंक रहेको छ भने पहिलो स्थानमा किरण चेम्जोङको टोली मिनर्भा पञ्जाव मिनरेभा पञ्जाबको उत्तिकै खेलमा २६ अंक रहेको छ ।

About Milan Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply