Home » ब्रेकिङ न्युज » पुलिसले जित्यो आहा ! रारा गोल्डकपको उपाधि, थ्रीस्टार पराजित

पुलिसले जित्यो आहा ! रारा गोल्डकपको उपाधि, थ्रीस्टार पराजित

२० माघ, पोखरा । थ्री स्टार क्लबलाई १–० ले हराउँदै १६ औं आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसका जितमा राम वाजीको एकमात्र गोल निर्णायक बन्यो।

उपाधिसँगै पुलिसले ७ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता थ्रीस्टारले ३ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

प्रतियोगितामा पुलिसका रवी पाश्वासनले उत्कृष्ट खेलाडी हुँदै स्कुटर पाए । पुलिसका सुमन लामा र थ्रीस्टारका विश्वास श्रेष्ठ समान ३/३ गोल गर्दै सर्वोत्कृष्ट गोलकर्ता बने । उत्कृष्ट गोलकर्ताको उपाधि पनि थ्रीस्टारका विश्वासले पाए । उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्तराज थापा, उत्कष्ट मिडफिल्डर थ्रीस्टारका सुनिल बल, उत्कृष्ट डिफेन्डर पुलिसका अजित भण्डारी र उत्कृष्ट गोलकिपर पुलिसकै शत्रुघन चौधरी घोषित भए । फेयर प्ले टिमको उपाधि सुदूरपश्चिम ११ ले पायो ।

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply