Home » राष्ट्रिय फुटबल » बिमल घर्ती मगर भारतीय क्लब मोहन बगानमा अनुबन्धित

बिमल घर्ती मगर भारतीय क्लब मोहन बगानमा अनुबन्धित

भारतको चर्चित फुटबल क्लब मोहन बगानमा २० वर्षपछि नेपाली फुटबलर बिमल घर्ती मगर आवद्ध भएका छन्।

पूर्व आई लिग च्याम्पियन मोहन बगानले शनिबार साँझ एउटा प्रेस विज्ञप्ती जारी गर्दै बिमललाई सन् २०१७–१८ सिजनका लागि अनुबन्ध गरेको पुष्टी गरेको छ ।

स्टाइकर सोनी नोर्डीको स्थानमा क्लबले विमललाई क्लबमा अनुबन्धन गरेको हो। १४ बर्षको उमेरमा राष्ट्रिय टिमबाट डेब्यु गरेका विमले विभिन्न युरोपेली क्लबमा समेत ट्रायल दिएका थिए।

बिमल भोलि भारत प्रस्थान गर्नेछन्। उनी सोमबारदेखि नै अभ्यास सत्रमा सहभागी हुनेछन्।

About Milan Shahi

Check Also

पुलिसले जित्यो आहा ! रारा गोल्डकपको उपाधि, थ्रीस्टार पराजित

२० माघ, पोखरा । थ्री स्टार क्लबलाई १–० ले हराउँदै १६ औं आहा ! रारा गोल्डकपको उपाधि …

आहा ! रारा गोल्ड कपको उद्घाटन खेलबाटै आयोजक सहारा बाहिरियो

पोखरा ९, माघ – गत बर्षको उपविजेता आयोजक सहारा क्लव १६ औं संस्करणको आहा ! …

Leave a Reply