Home » राष्ट्रिय फुटबल » पोखरा रंगशाला निर्माणको टेन्डर : पाँच कम्पनी अयोग्य भएपछि ‘फाइनल बिट’ अन्योलमा

पोखरा रंगशाला निर्माणको टेन्डर : पाँच कम्पनी अयोग्य भएपछि ‘फाइनल बिट’ अन्योलमा

आगामी वर्ष नेपालमा हुने सागलाई मध्यनजर गर्दै १० महिनाभित्र नै पोखरा रंगशाला निर्माण गरिसक्ने गरी गरिएको ग्लोबल टेन्डरको पहिलो चरणमा आवेदन दिएका ६ कम्पनीमध्ये पाँच कम्पनी पूर्ण रूपमा अयोग्य पाइएको छ ।

मापदण्ड पूरा गरेको कम्पनीका रूपमा (ग्रेट स्पोर्टस्इन्फ्रा (भारत)-अल्कोर (फ्रान्स) संयुक्त) एकमात्र योग्य पाइएपछि दोस्रो चरणको टेन्डर प्रक्रिया अन्योलमा परेको छ । पहिलो चरणमा नै निकै कम कम्पनीको आवेदन परेको थियो ।

यस्तोमा अधिकांश कम्पनी तोकिएको मापदण्डअनुसार नभएपछि समयमा नै रंगशाला निर्माणमा चुनौती थपिएको छ । मापदण्ड पुगेको ग्रेट स्पोर्टस् इन्फ्रा÷अल्कोर पनि प्राविधिक रूपमा पूर्ण रूपमा योग्य नभएको भए पनि टेक्निकल गल्ती भएको मानिएको छ । कम्पनीले ट्याक्स तिरेको दर्ता नम्बर फरक छ भने नेसनल स्पोर्टस् काउन्सिलमा दर्ता हुनुपर्नेमा नेपाल स्पोर्टस् काउन्सिल उल्लेख गरेको छ । यसलाई प्राविधिक गल्ती मानिएको छ ।

दोस्रो चरण अन्योलमा
पहिलो चरणमा एकमात्र कम्पनी मापदण्डअनुसारको भएपछि कम्पनी छनोटको मुख्य जिम्मेवारी समालिरहेका राष्ट्रिय खेलकुद परिषदको प्रशासन विभाग प्रमुख बासुदेव आचार्यले अब माथिल्लो निकायबाटै थप छलफलपछि पुनः टेण्डर गर्ने या यही कम्पनीलाई जिम्मेवारी दिने भन्ने तय हुने बताए । यद्यपि उनले भने ‘एकमात्र कम्पनी भएपछि दोस्रो चरणमा स्वभाविक रूपमा मनोपोली हुन्छ । यस्तो अवस्थामा उसका सर्तहरू धेरै हुने सम्भावना हुने र बोलकबोलमा पनि प्रतिष्पर्धा नहुने सम्भावना रहन्छ । यसको विषयमा छलफलपछि थप निर्णय हुने छ ।’

मापदण्ड पूरा गरेका कम्पनीलाई ‘फाइनल विट’मा सहभागी गराएर छनोट गरिने भएपनि पूर्ण रूपमा कुनै पनि कम्पनी मापदण्ड अनुरूप नभएपछि पुन ग्लोबल टेण्डरको सम्भावना छ । आचर्यले भने ‘समयको चापलाई ध्यानमा राख्दै फाइनल विटका लागि आह्वान गर्ने विकल्पका विषयमा पनि छलफल भइरहेको छ । तर अब मन्त्रालय स्तरबाटै सार्वजनिक खरिद ऐनमा रहेर निर्णय हुन्छ।’

पोखरा रंगशाला समयमै निर्माण सम्भावना कमजोर
टेन्डर प्रक्रिया लम्बिएपछि पोखरा रंगशाला निर्माण समयमै पूरा हुने सम्भावना कमजोर बनेको छ । नियमित रूपमा टेन्डर प्रक्रिया पूरा भए पनि १० महिनाभित्रै रंगशाला निर्माण चुनौती थियो । यस्तोमा टेन्डर प्रक्रिया लम्बिएपछि समयमै निर्माण हुने सम्भावना कमजोर बनेको छ । राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ इन्जिनियर अरुण उपाध्यायले आफ्नो तर्पmबाट प्रक्रिया पूरा गरेर अघि बढिसकेको भए पनि पुनः टेन्डरको अवस्था आएमा समयमै निर्माण हुने सम्भावना कमजोर भएको बताए । उनले भने ‘नियमित रूपमा अघि बढ्दा पनि निकै कम समय छ । यस्तोमा फेरि टेन्डर गरेर जानुपर्ने अवस्था आयो भने समयमा नै निर्माण सम्पन्न हुन कठिन छ ।’

मन्त्रालयले छिटो निर्णय देओस् : सदस्यसचिव विष्ट
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आफूले जे भएको हो, त्यो स्पष्ट रूपमा मन्त्रालयलाई जानकारी गराएको बताए । उनले भने ‘एकमात्र कम्पनीले मापदण्ड पूरा गरेको छ । त्यसैले हामीले त्यही जानकारी मन्त्रालयलाई गराएका छौँ । ८–१० दिन अघि नै जानकारी गराइसकेका छौँ । मन्त्रालयले हुने या नहुने निर्णय चाँडै दिएपछि बाँकी काम अघि बढ्छ ।’ उनले समयको चाप एकदमै कम भएकाले छिटो निर्णय गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । उनले मन्त्रालयबाट दिइने निर्णयअनुसार अघि बढ्ने स्पष्ट पारे । ‘मैले के गर्ने भन्ने हुँदैन जे भएको हो त्यो जानकारी दिएको छु । मैले दिने सुझाव या रायभन्दा पनि यथार्थ कुरा जानकारी गराएको छु ।’

अवस्था र नियम हेरेर निर्णय गर्छौँ : सचिव दाहाल
खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले एकमात्र कम्पनीले मापदण्ड पूरा गरेको भन्ने अनौपचारिक जानकारी आएको भन्दै औपचारिक निर्णय आएपछि सबै कागजपत्र हेरेर निर्णय गर्ने बताए । उनले भने ‘हामी कन्डिसन मूल्यांकन गरेरमात्र यसै हुन्छ भन्न सक्छौँ । अहिले नै के हुन्छ, भन्न सकिँदैन । खेलकुद परिषद्बाट रायसहित कागजात आएपछि सम्बन्धित व्यक्तिहरूसँग छलफल हुन्छ । कानुनमा रहेर मिल्नेसम्मको अवस्थामा निर्माणको जिम्मेवारी दिइने छ । अन्यथा पुनः ग्लोबल टेन्डर आह्वान हुन्छ ।’ उनले आगामी वर्षको दक्षिण एसियाली खेललाई ध्यानमा राख्दै रंगशाला निर्माणको प्रक्रिया अघि बढाएका हौँ । त्यसैले अगाडि के हुन्छ, त्यसको निर्णय राखेपबाट आधिकारिक रूपमा रायसहित डकुमेन्ट आएपछि तय हुनेछ ।’

आवेदन दिएका अयोग्य कम्पनीहरू
-जेटिएसजे (चीन)-कालिका जेभी (नेपाल) संयुक्त,
– कोबेक (चीन)
-महालक्ष्मी जेभी (भारत)
– हुनान् (चीन)÷विकोई (भारत) संयुक्त
– सिएमई कन्स्ट्रक्सन प्रोजेक्ट (चीन)

(नयाँपत्रिका)

About Milan Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply