Home » राष्ट्रिय फुटबल » खप्तड गोल्डकपको टिकटबाट पौने १९ लाख आम्दानी

खप्तड गोल्डकपको टिकटबाट पौने १९ लाख आम्दानी

सीताराम ओझा, धनगढी – धनगढीमा सम्पन्न भएको दोस्रो संस्करणको खप्तड गोल्डकपको टिकटबाट पौने १९ लाख आम्दानी भएको छ । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा ११ दिनसम्म चलेको गोल्डकपमा चिसोका वावजुत पनि दर्शकहरुले राम्रो साथ दिएका हुन । उद्घाटनको दिनमा झण्डै ५ हजार वढी दर्शक रहेको फाईनलमा दर्शकहरु राख्ने ठाउँ नभएपछि आयोजकले टिकट नै वन्द गरेको थियो । ११ दिनसम्म सञ्चालन भएको प्रतियोगितालाई झण्डै ५० हजार दर्शकहरुले अवलोकन गरेको प्रतियोगिताका प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिए ।
देशकै सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता सफल पार्न दर्शकहरुले साथ दिएपछि आयोजक उत्साहित भएका छन । ११ दिनमा १८ लाख ७० हजार रुपैया आयोजकले टिकटवाट आम्दानी गरेको छ । एक सय एक सय ५० मुल्य पर्ने टिकट दर कायम गरिएकोमा अधिकांश टिकट एक सय रुपैयाकै विक्री भएको आयोजकले जानकारी दिएको छ । यसको औसत हिसाव गर्दा पनि झण्डै १५ हजार दर्शकहरुले पैसा तिरेर गोल्डकपका खेलहरु हेरेका छन । त्यसमा आयोजकले झण्डै ५ हजार वढी पासहरु निशुल्क वितरण गरेकोमा दैनिक ३ हजार वढीले खेल हेरेका थिए । सवै गरेर ५० हजारभन्दा वढी दर्शकले खेल धनगढी रंगशाला पुगेर हेरेको आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लवका उपाध्यक्ष योगेन्द्र चन्दले वताए ।
पुस २१ गतेदेखि सञ्चालन भएको प्रतियोेगिता सोमवार सकिउँदा सवैभन्दा वढी दर्शकहरु फाईनलमा रहेका थिए । प्यारासफिटहरु भरिभराउ भएपछि खेल मैदानको ट्रयाकमा वसेर पनि दर्शकहरुले खेल हेरेका थिए । फाईनलमा मात्रै ६ लाख २१ हजारको टिकट विक्री भएको टिकट व्यवस्थापन समितीका संयोजक धुव्र वरालले जानकारी दिए । टिकट संयोजक वरालका अनुसार पहिलो सेमिफाईनलमा २ लाख ७० हजारको र दोस्रो सेमिफाईनलमा २ लाख ४७ हजारको टिकट विक्री भएको थियो । लिग चरणको खेलमा पुस २७ गते भएको थ्री स्टार आर्मीको विच खेलमा १ लाख ९० हजारको टिकट विक्री भएकोमा त्यसपछि सवैभन्दा माथि उद्घाटनको दिन एक लाख ६ हजारको टिकट विक्री भएको टिकट व्यवस्थापन समितीका संयोजक धुव्र वराले वताए ।
पुस २२ गते १ लाख १ हजारको टिकट विक्रि भएकोमा त्यसपछि २६ गतेसम्म भने चिसो र हुस्सु वढेका कारण दर्शकहरुको संख्या कम भउको थियो । जस कारण आशा गरे अनुसारको टिकट विक्री हुन नसकेको वरालले वताए । उनका अनुसार पुस २३ गते ७० हजार २४ गते ९४ हजार २५ गते ७५ हजार र २९ गते ८८ हजारको टिकट विक्री भएको थियो ।
आशा गरेको जति दर्शकहरु विचमा चिसोका कारण केही दिन आउन नसके पनि दर्शकहरुले गोल्डकप सफ पार्नका लागि टिकट काटेर पनि सहयोग गरेको भन्दै आयोजकहरु उत्साहित भएका छन । झण्डै २६ लाख रकम टिकटवाट संकलन हुने लक्ष्य राखेकोमा त्यही पुग्न नसकेपछि धेरै दर्शकहरुले माया गरेको आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले वताए । अघिल्लो वर्ष आयोजना भएको पहिलो संस्करणमा टिकटवाट झण्डै १३ लाख संकलन भएको थियो । यसपाली प्रतिकुल मौसमका वावजुत पनि दर्शकहरुको सहभागीताले उत्साहित वनेको आयोजकले तेस्रो संस्करणमा अझ दर्शकहरुको संख्या उल्लेखनीय रुपमा वढ्ने आशा राखेको छ ।

About Milan Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply