कैलालीको धनगढीमा भएको सर्वाधिक पुरस्कार राशीको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणको उपाधिमाथि विभागीय टोली त्रिभुवन आर्मी क्लबले कव्जा जमाएको छ । आज धनगढी रंगशालमा भएको फाइनल खेलमा अर्को विभागीय टोली ससस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पराजीत गर्दै आर्मीले उपाधीमाथी कब्जा जमाएको हो । पहिलो संस्करणमा भने मनाङ च्याम्पीयन वनेको थियो ।
निर्धारीत समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउट मार्फत निकालीएको थियो । आर्मीले एपीएफलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजीत गरेको हो । उपाधीसंगै आर्मीले नगद ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
यो आर्मीको यस सिजनको चौथो उपाधि हो । गत महिना झापामा सताक्षी गोल्डकप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कपको उपाधि जितेको थियो । त्यस्तै वीरगन्जमा खेलिएको विशाल मेमोरियको उपाधि पनि आर्मीले नै हात पारेको थियो । एपिएप्m भने लगातार चार पटक फाईनलमा पुगेर उपाधि जित्नवाट चुकेको छ । यसअघि जेसिज कप, दुधे गोल्डकप, राईनो कपमा पनि फाईनलमा पराजिभत भएको एपिएफ खप्तड गोल्डकपको पनि फाईनलमा पुगेर पराजित भएको हो । एपीएफका जर्सी नम्वर १२ का खेलाडी सुदिप सिन्ग्राकारले हानेको प्रहार पोलमा लागेर फर्कीएपछि एपीएफले उप विजेतामा चित्त बुझाउन परेको हो । उप विजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझाएको छ । म्यान अफ द फाईनल आर्मीका नवयुग श्रेष्ठ भए ।
दुवै टोलीले राम्रा अवसर सिर्जना गर्दै खेलको सुरुवात गरेका थिए । तर आर्मी र एपिएफ दुवैले एकअर्काको डिफेन्सको तोड खोज्न सकेका थिएनन् । खेलको २१ औं मिनेटमा अन्जन विष्टले एपीएफका लागि टोलीलाई अग्रता दिलाउने मौका गुमाएका पनि थिए ।
त्यस्तै खेलको ३१ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीको फ्रिकिक एपिएफका गोलकिपर अमृत चौधरीले बचाएका थिए । यसैगरी जर्ज प्रिन्सले ३७ औं मिनेटमा बक्सबाहिरबाट गरेको प्रहार फेरी अमृतले बचाएका थिए । पहिलो हाफको अन्त्यमा सन्तोष श्रेष्ठको प्रहार विकेश कुथुले राम्रो बचाऊ गरेपछि पहिलो हाफ गोल रहित नै टुङ्गिन पुग्यो ।
त्यस्तै दोस्रो हाफको ५९ औं मिनेटमा नवयुग श्रेष्ठले दुई सुनौला अवसरलाई सदुपयोग गर्न सकेनन् । त्यसैगरी खेलको ८१ औं मिनेटमा नवयुगको पोस्ट नजिकैबाट अर्को प्रहार एपिएफका अमृतले बचाएका थिए । अतिरिक्त समयको दोस्रो मिनेटमा नवयुगको अर्को प्रहार अमृतले उच्च स्तरिय बचाऊ गरेपछि नियमित समय पनि गोल रहितमै सकिएको हो ।
उपाधि जितेपछि प्रतिक्रिया दिदै आर्मका प्रशिक्षक नवीन न्यौपानले लगातार दुई खेल खेल्दा पनि विपक्षीले राम्रो खेलेको भएपनि पेनाल्टीमा भाग्यले साथ दिएका कारण उपाधि चुमेको वताए । एपिएफएका प्रशिक्षक रत्नकाजी महर्जनले राम्रै खेलेको भएपनि पाएका केही मौका चुकाउँदा पेनाल्टप्ीमा खेल गुमाएको वताए ।
प्रतियोगीतामा आर्मीका कप्तान भरत खवास उत्कृष्ठ खेलाडी हुदै यमाहा मोटरसाईकल पाए । यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिपेन्डर एपीएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राईजीङ प्लेयर सुदुरपश्चिम ११ का गोलकिपर अमानत शेख भए । सवै विधाका उत्कृष्ट खेलाडीहरुले नगद १५–१५ हजार नगद प्राप्त गरेका छन् ।
उपाधि विजेता र उपविजेतालाई प्रतियोगिता समापन समारोहमा राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुस्कार प्रदान गरे । पुस २१ गतेबाट सुरु भएको प्रतियोगितामा ए डिभिजनका १२ टिमको सहभागीता रहेको थियो ।
अर्को बर्ष पुरुष्कार राशी दोव्वर वढाउने घोषणा
सर्वाधीक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा अर्को वर्ष झन्डै दोब्बरले बृद्धि हुने घोषणा गरिएको छ । तेस्रो संस्करणको खप्तड गोल्ड कपको विजेतालाई २१ लाख नगद दिने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले घोषणा गरे । विजेतालाई मात्र नभई उपविजेता टोलीले पनि अर्को वर्ष १० लाख ५० हजार रुपैयाँ पाउने हमालले बताए ।
स्थानिय व्यक्तिहरुको हौसला र फुटवल प्रतिको क्रेजका कारण पुरुष्स्कार राषी दोव्वरले बढाउने निर्णय भएको अध्यक्ष हमालले बताए । सुदूरपश्चिममा पहिलो पटक गत बर्ष आयोजना गरीएको सुदुरपश्चिम खप्तड गोल्डकपको पहिलो संस्करणको विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
विभिन्न विधामा उत्कृष्ट खेलाडीहरु यस प्रकार रहेका छन् ।
अन्जन विष्ट (एपिएफ) – उत्कृष्ट स्ट्राइकर
टोप विष्ट (एपिएफ) – उत्कृष्ट डिफेन्डर
विकेश कुथु (आर्मी) – उत्कृष्ट किपर
सन्तोष तामाङ (आर्मी) – उत्कृष्ट मिडफिल्डर
अमानत सिहं (सुदुरपश्चिम) – उदयमान खेलाडि
नवयुग श्रेष्ठ (आर्मी) – फाइनलका म्यान अफ द म्याच