Home » राष्ट्रिय फुटबल » खप्तड गोल्डकपको उपाधिका लागि दुई विभागीय टीम आर्मी र एपिएफ भिड्ने

खप्तड गोल्डकपको उपाधिका लागि दुई विभागीय टीम आर्मी र एपिएफ भिड्ने

सीताराम ओझा, धनगढी पौष ३० – दोस्रो संस्करण अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि दुई विभागीय टीम त्रिभुवन आर्मी र एपिएफ भिड्ने भएका छन । भोली दिउँसो धनगढी रंगशालामा दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन । वलियो टोली साविक विजेता मनाङ मस्याङ्दीलाई ३–१ ले किनारा लगाएको आर्मीसँग अर्को विभागीय टोली एपिएफले उपाधिका लागि भिड्न लागेको हो । आर्मीले १४ महिनापछि फुटवलमा फर्किएको थ्री स्टारलाई क्वाटरफाईनलमा थ्री २–१ हराएको थियो ।
धनगढी रंगशालामा आज भएको दोस्रो सेमिफाईनलमा घरेलु टोली सुदुरपश्चिम ११ लाई स्तव्ध पार्दै एपिएफए फाईनलमा पुगेको हो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपछि सुदुरपश्चिम ११ लाई २–० ले स्तव्ध पार्दै एपीएफ फाईनलमा पुगेको हो ।
आज धनगढी रंगशालामा भएको खेलको पहिलो हाफमा घरेलु टोली सुदुरपश्चिम ११ ले विभागीय टोली एपीएफलाई निकै दवावमा राखेको थियो । पहिलो हाफमा गोल गर्ने थुप्रै मौका पाएपनि सुदुरपश्चिमले गोल गर्ने आधा दर्जन मौका गुमाएको थियो । तर दोस्रो हाफमा दुई गोल गरेपछि एपिएफ १० हजार घरेलु दर्शकहरुलाई निराश पार्दै उपाधि उन्मुख भएको हो । एपीएफका लागि पहिलो गोल अन्जन विष्टले ५७ औ मिनेटमा गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।
५७ औं मिनेटमा मैदानको दाँया तर्फ सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपिएफका युवराज खड्काले गरेको क्रसलाई सदुपयोग गरेका अन्जनले कुल फिनिस गर्दै एपिएफलाई अग्रता दिलाएपछि आक्रोसित दर्शकहरुले मैदानमा पानीको बोतल प्रहार गरेपछि खेल केहीबेर रोकिएको थियो । त्यसको १९ औँ मिनेटमा एपीएफकै नविन लामाले गोल गर्दै अग्रता दोव्वर बनाए । सुदुरपश्चिमका खेलाडीको थ्रोलाई खोसेर लामाले काउन्टर अट्याक गर्दै आफ्नो टीमका लागि गोल गरेका हुन । त्यसको ९ मिनेट पछि नवीनको बक्स भित्रबाटको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलमा थपिएको ईन्जुरी समयमा घरेलु टोलीले गोल गर्ने प्रयास गरेपनि सफल भएन । गोल रहित पहिलो हाफमा भने दुवै टोलीले सशक्त प्रयास गर्न सकेका थिएनन् । एपिएफका नवीन लामा खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए । उनले नगद १० हजार हात पारे ।

खेलपछि प्रतिक्रिया दिदै एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले सुरुमा तालमेल नमिले पनि पछि गोल गरेपछि घरेलु टोलीलाई हराउन सफल भएको र दवाव सिर्जना गर्न सकेको वताए । घरेलु टिमलाई सेमीफाईनलमा पराजीत गरेपछि प्रतियोगीताको उपाधि जित्न मनोवल बढेको छ उनले भने– आरम विना नै फाईनल खेल्नुपर्दा समस्या आउने भएपनि रणनितिक रुपमा मैदानमा उत्र्रिनेछौं । सुदुरपश्चिम ११ का प्रशिक्षक ललीत चन्दले विभागीय टोलीमा बलिया खेलाडीको बर्चश्व भए पनि सुरुवातको दवाव कायम गर्न नसक्दा र तालमेल विगार्दा खेल गुमाएको वताए । ९ दिनपछि खेल खेल्दा पनि सुरुमा राम्रै खेले पनि पछि यसलाई कायम राख्न सकेनौ उनले भने– तालमेल पनि विग्रियो पाएका मौका पनि सदुपयोग गर्न नसकेपछि हार भयो ।

यो सिजन भएको ५ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधिमध्ये आर्मीले ३ वटा उपाधि रक्षा गरेको छ । सेमिफाईनलवाट घर फर्किएको मनाङले २ वटा उपाधि जित्दा विभागीय टीम एपिएफ भने उपाधि विहीन रहेको छ । आर्मी भोली धनगढी रंगशालामा चौथो उपाधि रक्षा गर्नका मैदान उत्र्रिनेछ । आर्मीले गत महिना सताक्षी गोल्डकप र मेची नेत्रालय काकरभिट्टा र वीरगन्जमा विशाल स्मृति गोल्डकप जितेको थियो । तर विभागीय टीम तीन पटक फाईनल पुगेर पनि उपाधि जित्न सकेको छैन । गत भदौंमा जेसिज कपमा मनाङसँग २–१ ले हार्दा राईनो कपमा संकटासँग र दुधे गोल्डकपमा चर्च व्वाईजसँग सडन डेथमा हारेर उपविजेता वनेको थियो ।
सर्वाधीक धनराशाीको सुदुरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले यमाहा मोटरसाईकल प्राप्त गर्नेछ ।

About Milan Shahi

Check Also

पुलिसले जित्यो आहा ! रारा गोल्डकपको उपाधि, थ्रीस्टार पराजित

२० माघ, पोखरा । थ्री स्टार क्लबलाई १–० ले हराउँदै १६ औं आहा ! रारा गोल्डकपको उपाधि …

बिमल घर्ती मगर भारतीय क्लब मोहन बगानमा अनुबन्धित

भारतको चर्चित फुटबल क्लब मोहन बगानमा २० वर्षपछि नेपाली फुटबलर बिमल घर्ती मगर आवद्ध भएका …

Leave a Reply