Home » राष्ट्रिय फुटबल » भुटानको डुकस्टारलाई हराउँदै रुपन्देही ११ सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा

भुटानको डुकस्टारलाई हराउँदै रुपन्देही ११ सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा

फोटो: राजेश श्रेष्ठ

सिताराम ओझा, धनगढी – अग्नि रुपन्देही ११ धनगढीमा जारी दोस्रो आमन्त्रित अन्तराष्ट्रिय नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपमा क्वाटरफाईनलमा प्रवेश गरेको छ । भुटानको डुकस्टार क्लवलाई ३–२ ले पराजीत गर्दै रुपन्देही ११ क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देही ११ ले दोश्रो हाफमा थप १ गोल ग¥यो भने २ गोल खायो । रुपन्देही ११ का लागि अमर डङगोलले पहिलो हाफको २२ औँ र ३८ औ मिनेटमा गोल गरे भने मनिष थापाले दोस्रो हाफको ६९ औ मिनेटमा तेश्रो गोल गरे ।
भुटानको डुकस्टार क्लवको तर्फबाट ५८ औँ मिनेटमा क्वीन्गा चव्गे र अतिरिक्त समयको दोश्रो मिनेटमा एसी दोर्जीले गोल गरे । भुटानले अन्तीम समयमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न परेको हो । गौतम श्रेष्ठले डि बक्स भित्र फल गरेपछि डुकस्टारले पेनाल्टी पाएको थियो तर पेनाल्टीमा केजङ वाङजीको प्रहारलाई रुपन्देहीका गोल किपर सुजित गुरुङले बचाए । खेलका म्यान अफ द म्याच रुपन्देहीका अमर डङगोल भए ।
पहिलो संस्करणमा पनि सहभागी भएको डुकस्टारले त्यस वेला वेष्ट काठामण्डौलाई पहिलो खेलमा ४–१ ले हराएको थियो भने दोस्रो खेलमा डिफेन्डीङ च्याम्पीयन मनाङ मस्याङदीसँग २–० ले पराजित भएको थियो । अघिल्लो संस्करणको भन्दा राम्रो टीम ल्याउँदा पनि खेलाडीहरुले यसपाली सोचे अनुसार खेल्न नसकेको डुकस्टारका प्रशिक्षक कोता नाम्भेले वताए । टीम अझ राम्रो वनाएर आएका थियौं, भुटानका राष्ट्रिय खेलाडीहरु पनि क्लवमा थिए तर राम्रो खेल्न सकेन्– उनले भने– दोस्रो हाफमा निकै दवावमा राखेर खेल्दा पनि गोल गर्न सकेनौं । पेनाल्टी पनि चुकाउँदा थप समस्या आयो ।
अग्नि रुपन्देही ११ का प्रशिक्षक दयाराम सापकोटोले टीमले सोचे अनुसारको खेल्न नसकेको वताउँदै अर्को खेलमा अझ सुधार गरेर खेल्ने वताए । हामीले सोचे अनुसारको खेल्न सकेनौ तर पनि जितमा खुशी छौं उनले भने– गोलरक्षकको गल्तीले दुई गोल खानु प¥यो । सजिलो गरी खेलेका कारणले पनि वास्तवित्रक खेल देखाउन सकेनौं ।
क्वाटरफाईनलमा अव रुपन्देही ११ बाई पाएर क्वाटरफाईनलमा पुगेको मनाङ मस्र्याङग्दीसंग पुस २८ गते भिड्ने छ । भोली सेमीफाईनल प्रवेशका लागी सिएमजी संकटा र एपीएफ विच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक ओम विक्रम चन्दले जानकारी दिए ।
प्रतियोगितामा टिकट काटेर खेल हेर्न आउने दर्शकले दैनिक एउटा माईक्रोमाक्स क्यानसभास वान मोवाईल पाउँदै आएका छन । आज साढे १२ हजार मुल्यको सो मोवाईल डोटीको जोरायलका मकेन्द्र साउँदले पाएका छन ।
माघ १ गते सम्म चल्ने प्रतियोगीताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ पाउने छन् । यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५–१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार पाउनेछन् ।

About Milan Shahi

Check Also

पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी रन्जन मेमोरियललाई

नदिपुर क्लबको आयोजनामा सम्पन्न पाँचौ नदिपुर सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी रन्जन मेमोरियलले जितेको …

आहा ! रारा गोल्डकप माघ ९ बाट, विजेतालाई ७ लाख, दर्शकलाई स्कुटर

पोखरा २५ पुस । मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता माघ ९ गतेबाट …

Leave a Reply