Home » राष्ट्रिय फुटबल » आहा ! रारा गोल्डकप माघ ९ बाट, विजेतालाई ७ लाख, दर्शकलाई स्कुटर

आहा ! रारा गोल्डकप माघ ९ बाट, विजेतालाई ७ लाख, दर्शकलाई स्कुटर

पोखरा २५ पुस । मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता माघ ९ गतेबाट सुरु हुने भएको छ । २० गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा तीन विभागियसहित १२ टिमले प्रतिष्पर्धा गर्ने छन् । नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ क्लबसँगै ए डिभिजन क्लबहरु मनाङ मस्र्याङ्दी, थ्रीस्टारले खेल्नेनछन् ।

मोफसलको झापा ११, धरान फुटबल क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब धनगढी छन् भने विदेशी टिममा उत्तर बरिन्धरा क्लब बंगलादेश र युनाइटेड सिक्किम छन् भने आयोजक सहारा क्लबले सहभागिता जनाउने छ ।

बंगलादेशको ए डिभिजन क्लब भएको र विदेशीका साथै राष्ट्रिय टिमका खेलाडीसमेत भएकाले बंगलादेशी टोली बलियो आउनेसहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कारको राशी बृद्धि भएको छ । प्रथम पुरस्कारमा २ लाख बृद्धि गरेर ७ लाख १ हजार र द्वितीय पुरस्कारमा १ लाख बृद्धि गरेर ३ लाख ५१ हजार पुर्‍याइएको हो ।

गतवर्ष प्रथम पुरस्कारको राशी ५ लाख १ हजार र द्वितीय पुरस्कारको राशी २ लाख ५१ हजार थियो । टिकट काटेर फुटवल हेर्न गएका दर्शक मध्ये लक्की ड्रबाट बिजेता बनेका एक जनालाई एउटा स्कुटर र अर्का एक जनालाई एलजी टिभी प्रदान गरिने आयोजक सहारा क्लवले जनाएको छ ।

सहारा क्लवले विगत १६ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरण पोषणमा खर्चिदै आएको छ । हाल एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रति रहेको क्लबका अध्यक्ष थापाले जानकारी दिए ।

About Milan Shahi

Check Also

एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

लालिगुरास एशोसियन नेपाल पोखराको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” शुक्रबार देखि …

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश …

Leave a Reply