Home » राष्ट्रिय फुटबल » १४ महिनापछि फुटवलमा फर्किएको थ्री स्टारको उत्कृष्ट पुनरागमन, जित्यो झापा लाई

१४ महिनापछि फुटवलमा फर्किएको थ्री स्टारको उत्कृष्ट पुनरागमन, जित्यो झापा लाई

फोटो: राजेश श्रेष्ठ

सिताराम ओझा, धनगढी – १४ महिनापछि फुटवलमा फर्किएको थ्री स्टारको उत्कृष्ट पुनरागमन गरेको छ । ललितपुरको ए डिभिजन क्लब रुस्लान थ्री स्टार धनगढीमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपमा विजयी सुरुवात गर्दै पुरानै लयमा फर्किएको हो । आज धननढी रंगशालामा भएको खेलमा रमपम झापा ११ लाई ३–१ ले हराउदै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
योसँगै पछिल्लो १४ महिना फुटबलबाट टाढा रहेको थ्री स्टारले उत्कृष्ट पुनरागमन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कारण एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि थ्री स्टारले क्षतिपुर्ति नपाएसम्म फुटबल नखेल्ने घोषणा गरेको थियो । जसको कारण थ्री स्टारले १४ महिना कुनैपनि अफिसियल प्रतियोगितामा सहभागिता जनाएको थिएन् । तर, थ्री स्टारले धनगढीमा जारी खप्तड गोल्डकप खेल्दै फुटबलमा पुनरागमन गरेको हो । एएफसी कपको क्षतिपुर्ति वापत एन्फाले १ करोड ५० लाख रुपैया दिने सहमति भएपछि थ्री स्टार फुटबलमा फर्किएको हो । थ्री स्टारले सन् २०१६ को नोभेम्बरपछि पहिलो पटक खेल खेलेको हो । थ्री स्टारले भारतको गुवाहाटीमा सम्पन्न ६४ औं भारत रत्न बोर्डोलोइ ट्रफी जितेपछि कुनै खेल खेलेको थिएन ।
धनगढी रंगशालामा भएको खेलमा थ्री स्टारलाई जित दिलाउन बुद्ध चेम्जोङले दुई तथा मार्टिनले एक गोल गरे । झापाका कर्ण लिम्बुले एक गोल फर्काए । खेलको चारै गोल पहिलो हाफमा भएको थियो । चार गोल ९ मिनेटको अन्तरमा भएको थियो । विमल घर्तीमगर र अनन्त तामाङ क्लवका भित्राएर मैदान उत्र्रिएको थ्री स्टारका लागि तामाङले डिफेन्स लाईन सम्हाल्दा फरवार्ड विमलले भने कुनै गोल गर्न सकेनन् । अब थ्री स्टारले क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
प्रतिस्पर्धात्मक बनेको खेलको ३४ औं मिनेटमा मार्टीनले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाए । ३९ औं मिनेटमा बुद्धले गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर बनाए । खेलको ४१ औं मिनेटमा झापाका कर्ण लिम्बुले एक गोल गर्दै खेल २–१ मा ल्याए । तर, खेलको ४३ औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन् सकेन र खेल थ्री स्टारले ३– १ ले आफ्नो पक्षमा नतिजा बनायो । दुई गोल गरेर टिमलाई जिताएका कर्ण चेम्जुङग खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए । म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे ।
जितपछि प्रतिक्रिया दिदै थ्री स्टारका प्रशिक्षक मेघराज केसीले १४ महिनापछिको डेव्यु म्याच सोचे अनुसारकै नतिजा आएको र क्लव आफ्नो पुरानै लयमा फर्किएको वताए । सुरुमा टीम सेट गर्न गाहे भएपनि केही समय खेलेपछि गोल गर्न सफल भयौ उनले भने– पहिलो हाफमा २ गोलको अग्रता भएपछि दोस्रो हाफमा रणनिति अनुसार खेलाडीहरुले वचेर खेलेका कारण ३–१ को जित निकालेका हौं । रमपम झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले भने राम्रो खेल्दाखेल्दै पनि भएका गल्तीको फाईदा उठाउँदै विपक्षीले गोल गर्दा हार व्यहोरेको वताए । पहिलो हाफभन्दा दोस्रो हाफमा धेरै गोल गर्ने मौका पायौं तर पनि गोल गर्न सकेनौं उनले भने– जति पोष्ट अट्याक गर्नुपर्ने हो त्यति हुन सकेन् ।
प्रतियोगिता अन्तर्गत भोली भुटानको डुक स्टार र अग्नि रुपन्देही ११ बीच खेल हुने छ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११, उपविजेताले ५ लाख ५५ हजार ५५५ प्राप्त गर्नेछन् । यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५–१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले मोटरसाईकल पुरस्कार पाउनेछन् ।

About Milan Shahi

Check Also

एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

लालिगुरास एशोसियन नेपाल पोखराको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” शुक्रबार देखि …

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश …

Leave a Reply