Home » अन्तर्राष्ट्रिय फुटबल » रोनाल्डो रियल मड्रिड छोड्न तयारमा

रोनाल्डो रियल मड्रिड छोड्न तयारमा

आफ्नो पारिश्रमिक नबढेपछि स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार रहेका छन्। रोनाल्डो एक सय मिलियन युरो पाए अन्य क्लबमा जान तयार रहेको बेलायती पत्रिका डेलीरेकर्डले जनाएको छ।

डेलीरेकर्डका अरुसार रोनाल्डो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन मध्ये एकमा जान सक्ने संकेत देखिएको छ।

रोनाल्डोल सन् २०१६ मा पाँच सिजनका लागि गरेको सम्झौतामा उनको रिलिज क्लब एक बिलियन युरो रहेको छ। रोनाल्डोका सहयोगी तथा एजेन्टले उनको अनुबन्ध मूल्य रिलिज क्लबको दश भाग मध्ये एक भाग वा त्यो भन्दा कम राख्न आग्रह गरेका छन्।

पछिल्लो समय रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र रोनाल्डोको सम्बन्ध चिसिदै गएको समाचारमा जनाइएको छ। अहिले रोनाल्डो रियलका अध्यक्षसँग बोल्न समेत बन्ध गरेका छन्।

अहिले रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी तथा पिएसजीका नेइमार भन्दा कम पारिश्रमिक पाउदै आएका छन्। यस्तै रियल मड्रिडले अर्का स्टार नेइमारलाई क्लबमा भित्र्याउन खोज्दा पनि रोनाल्डो तनाबमा देखिएका छन्।

About Milan Shahi

Check Also

अर्को महंगो डिफेन्डर लिभरपुल जाने

साउथह्याम्पटनका डिफेन्डर भर्जिल भान डिक विश्व कीर्तिमानी मूल्यमा लिभरपुलमा अनुबन्ध हुने भएका छन् । भर्जिल …

अन्ततः नेइमार रियल मड्रिड जाने

नेइमार रियल मड्रिडसँग अनुबन्धको सम्झौताका लागि तयार भएको र उनी अब चाँडै नै ला लिगामा …

Leave a Reply