Home » अन्तर्राष्ट्रिय फुटबल » इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल विजयी

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल विजयी

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३÷२ ले हराएको छ ।

गएको राति भएको खेलमा आर्सनललाई जिताउन एलेक्स साञ्चेजले दुई तथा मुस्ताफीले एक गोल गरे । क्रिष्टल प्यालेसका लागि टोन्सेण्ड र टोमकिन्सले एक एक गोल गरे पनि टीमलाई जिताउन भने सकेनन् ।

मुस्ताफीको गोलमा २५ औँ मिनेटमा आर्सनलले अग्रता लिएको खेलमा टनसेण्डले ४९ औँ मिनेटमा बराबरी गोल गरेका थिए । तर साञ्चेजले ६२ आैँ र ६६ औँ मिनेटमा २ गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए ।

खेलको ८९ आैँ मिनेटमा क्रिष्टल प्यालेसका टोमकिन्सले १ गोल त थपे तर त्यसले क्रिष्टलको खातामा ३ अंक जोड्न भने सकेन । जीतपछि २० खेलबाट ३७ अंक बनाएको आर्सनल अंक तालिकाको छैटौं स्थानमा छ । २० खेलबाट १८ अंक जोडेको क्रिष्टल प्यालेस १६ आंै स्थानमा छ । (उज्यालो अनलाइनबाट)

About Milan Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply