Home » अन्तर्राष्ट्रिय फुटबल » मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध नरहेको खुलासा गरेका छन् । स्पेनिस क्लब बार्सिलोनाका प्लेमेकर मेसीले दुवैजना एउटै क्षेत्रमा सक्रिय रहे पनि मित्रवत सम्बन्ध भने नरहेको बताए । एक स्पेनिस अनलाइनसँग गरेको कुराकानीमा मेसीले भविष्यमा पनि दुईबीच सुमधुर सम्बन्ध स्थापित हुनेमा आशंका व्यक्त गरे ।

‘मलाई लाग्दैन कि म रोनाल्डोको साथी बन्न सक्छु । साथी एकअर्काबीच सुमधुर सम्बन्ध भएपछि बनिन्छ । जति धेरै सँगै बस्यो त्यति धेरै सम्बन्ध प्रगाढ हुन्छ’, ३० वर्षीय स्ट्राइकर मेसीले स्पेनिस अनलाइन मार्कासँग भने, ‘हामीबीच केही नाता छैन । सम्बन्ध पनि छैन । ’cause हामी कुनै समारोहमा एकछिन भेट्छौं । सामान्य भलाकुसारी मात्रै गर्छौं । त्यसैले हामी साथी बन्नै सक्तैनौं ।’

मेसी र पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोबीचको तिक्तता विश्वभरका सञ्चारमाध्यमका लागि मसला बन्दै आएका छन् । बार्सिलोना र रियल म्याड्रिडका समकालीन दुई स्ट्राइकरबीच मैदानभित्र र मैदानबाहिर पनि तीव्र प्रतिस्पर्धा हुँदै आएको छ । कहिले क्लबमा अनुबन्ध हुने रकममा होडबाजी चल्छ भने कहिले मैदानभित्र कसले बढी गोल गर्ने भन्ने प्रतिस्पर्धा हुन्छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने बालोन डी ओर अवार्ड र सर्व श्रेष्ठ फुटबलर लगायतका पुरस्कारमा पनि मुख्य रूपमा यी दुई खेलाडीबीच प्रतिस्पर्धा हुँदै आएको छ । मैदानभित्र कहिले मेसीले रोनाल्डोलाई पछार्छन् भने कहिले रोनाल्डोले बाजी मार्छन् । केही समयअघि मात्र रियल म्याड्रिडका स्टार ३२ वर्षीय रोनाल्डोले मेसीलाई पछि पार्दै वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते भने मेसीले पनि गत साता गोल्डेज सु अवार्डमा रोनाल्डोलाई जिल्ल्याए । (साभार :अन्‍नपूर्ण पोस्ट्)

About Milan Shahi

Check Also

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा …

‘जर्मनीले फुटबल खेल्ने शैली मलाई मनपर्दैन’ – अजेन्टिनाका प्रशिक्षक

अजेन्टिनाका प्रशिक्षक सामपाओलीले जर्मनीले फुटबल खेल्ने शैली आफुलाई मन नपर्ने बताएका छन् । विश्वकप छनोट …

Leave a Reply