Home » अन्तर्राष्ट्रिय फुटबल » स्टार रोनाल्डोको कमाइ कति !

स्टार रोनाल्डोको कमाइ कति !

पछिल्लो पटक फिफाले क्रिस्टियानो रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबल खेलाडी घोषणा गरेको थियो । यसैक्रममा स्पेनी ला लिगा क्लब रियल म्याड्रिडसँगको उनको अनुबन्ध थप चार वर्ष लम्बियो । आउने चार वर्षसम्म रियलले उनलाई बर्षेनी ५ करोड डलर दिनेछ ।

रोनाल्डोले नाइकसँग आजीवन अनुबन्ध गरेका छन् जुन १ अर्ब डलर बराबरको छ । गत वर्ष युरो २०१६ को उपाधि जितेयता पोर्चुगलले एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नाम नै रोनाल्डो राखेको थियो ।

उनको सीआर–सेभेन ब्रान्डका जुत्ता, अन्डरवेयर, जिन्स तथा होटलको शृङ्खला पनि छ । सामाजिक संजालमा उनका २७ करोड ५० लाख फलोअर छन् । सन् २०१७ मा उनको आम्दानी ९ करोड ३० लाख डलर हुनेछ ।

About Milan Shahi

Check Also

मेसीले भने रोनाल्डोसँग मित्रता हुँदैन

म्याड्रिड : अर्जेन्टिनाका कप्तान एवं चर्चित फुटबलर लियोनल मेसीले अर्का स्टार क्रिस्टियानो रोनाल्डोसँग मैदानबाहिर मित्रवत सम्बन्ध …

‘जर्मनीले फुटबल खेल्ने शैली मलाई मनपर्दैन’ – अजेन्टिनाका प्रशिक्षक

अजेन्टिनाका प्रशिक्षक सामपाओलीले जर्मनीले फुटबल खेल्ने शैली आफुलाई मन नपर्ने बताएका छन् । विश्वकप छनोट …

Leave a Reply