Home » राष्ट्रिय फुटबल » साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपालले खेल्दैछ यि देशहरु सँग

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपालले खेल्दैछ यि देशहरु सँग

दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु-१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ।

नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा पुस ४ गते भारतको सामना गर्नेछ भने तेस्रो तथा अन्तिम खेल पुस ६ गते भुटानसँग खेल्नेछ।

राउण्ड रोविन लिगअनुसार हुने उक्त खेलमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले पुस ९ गते फाइनल खेल्नेछन्। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानका गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।

About Milan Shahi

Check Also

नेपाल आर्मी काकडभिट्टा गोल्डकप फुटवलको फाइनलमा

नेपाल आर्मी मेची नेत्रालय काकडभिट्टा गोल्डकप फुटवलको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा …

प्याब्सन मिटमा नकआउट चरणका फुटबल खेल सम्पन्न

मंसिर ११ पोखरा /निजी विद्यालयहरुको छाता संस्था कास्की प्याब्सनले आयोजनामा भइरहेको १५ औं संस्करणको प्याब्सन …

Leave a Reply