Home » अन्तर्राष्ट्रिय फुटबल » रोनाल्डोलाई हटाए रियल मड्रिड आउने नेइमारको चाहना

रोनाल्डोलाई हटाए रियल मड्रिड आउने नेइमारको चाहना

बार्सिलोनाबाट बाहिरिएर फ्रेन्च लिगवान क्लब पिएसजी छिरेका स्टार स्ट्राइकर नेइमारले रियल मड्रिड आउन अनौठो शर्त अगाडि सारेका छन् । यसै सिजनमा विश्व कीर्तिमानी मूल्यमा पिएसजी भित्रिएका नेइमारको शर्तले फुटबल बजारमा तरंग ल्याएको छ ।

उनले रियल मड्रिडले आफूलाई क्लब भित्र्याउन चाहेको भए पहिले क्रिष्टियानो रोनाल्डोलाई निकाल्नुपर्ने शर्त अगाडि सारेका हुन् । रियल मड्रिड आफ्नो ’boutमा गम्भीर रहेको भए पहिले रोनाल्डोलाई बिदा गर्नुपर्ने र आफू त्यसपछि मात्रै क्लब आउने नेइमारले बताएको स्पेनिस पत्रिका डन बालोनले खबर लेखेको छ ।

नेइमार पिएसजीमा खुसी नरहेको र रियल मड्रिड आउन चाहेको खबर सार्वजनिक भइरहेको बेला उनको यस्तो भनाई सार्वजनिक भएको हो । सार्वजनिक भएको खबरमा ब्राजिलियन स्टार नेइमारका बुवा नेइमार सिनियर र रियल मिड्रडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबिच मध्यस्थकर्ता एजेन्टमार्फत् कुराकानी भइरहेको खुलासा गरिएको छ ।

नेइमारको मड्रिडबाट रोनाल्डो निकाल्नुपर्ने शर्तको ’boutमा भने नेइमार आफैंले भन्दा उनको पिताले सार्वजनिक गरेका हुन् । बार्सिलोनामा राम्रो प्रदर्शन गर्दा पनि लियोनेल मेस्सीको छाँया मात्र बनेको भन्दै उनी बार्सिलोनाबाट बाहिरिएका थिए । नेइमार पुनः मड्रिडमा आएर रोनाल्डोको छायाँ बन्न नचाहेको खबर डन बालोनले लेखेको छ ।

About Milan Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply