Home » ब्रेकिङ न्युज » पूर्व राष्ट्रिय फुटबल खेलाडी कुमार थापा युइएफए कोर्षको लागि छनौट

पूर्व राष्ट्रिय फुटबल खेलाडी कुमार थापा युइएफए कोर्षको लागि छनौट

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक तथा पूर्व फुटबलर कुमार थापा युरोपेली फुटबल महासंघ युइएफएले आयोजना गरेको ‘एक्जुकेटिभ मास्टर्स फर इन्टरनेशनल प्लेअर्स कोर्ष’का लागि छनोट हुनुभएको छ ।

छात्रवृतीमार्फत छनौट भएका थापा यो कोर्षको लागि नेपालबाट मात्र नभई एसियाबाटै छनौट भएका एकमात्र खेलाडी बन्नु भएको छ ।

‘एसियाली फुटबल महासंघकै कोर्ष पाउन मुस्किल परिरहेका बेला युइएफएकै कोर्ष पाउनु नेपाली फुटबलको लागि महत्वपूर्ण उपलब्धि भएको ठानेको छु’, थापाले भने।

युइएफएले सञ्चालन गर्ने योे कोर्सामा विश्वभरका २५ जना पूर्व अन्तर्राष्ट्रिय खेलाडीले भाग लिनेछन् । कोर्ष यही नोभेम्बर १३ देखि सुरु भएर सन् २०१९ को नोभेम्बर १४ सम्म सञ्चालन हुनेछ। थापाले यो कोर्ष पुरा गर्न २७ हजार रुपैयाँ बराबरको छात्रबृती युइएफएबाट पाउनुभएको छ । कोर्स स्वीट्जरल्याण्ड, फ्रान्स, इंगल्याण्ड, स्पेन, नेदरल्याण्ड, जर्मनी र अमेरिकामा सञ्चालन हुनेछ ।

About Milan Shahi

Check Also

पुलिसले जित्यो आहा ! रारा गोल्डकपको उपाधि, थ्रीस्टार पराजित

२० माघ, पोखरा । थ्री स्टार क्लबलाई १–० ले हराउँदै १६ औं आहा ! रारा गोल्डकपको उपाधि …

बिमल घर्ती मगर भारतीय क्लब मोहन बगानमा अनुबन्धित

भारतको चर्चित फुटबल क्लब मोहन बगानमा २० वर्षपछि नेपाली फुटबलर बिमल घर्ती मगर आवद्ध भएका …

Leave a Reply