Home » राष्ट्रिय फुटबल » पोखरा रंगशालामा कर्पोरेट सेभेन ए साइड फुटबल शुरु

पोखरा रंगशालामा कर्पोरेट सेभेन ए साइड फुटबल शुरु

पोखरा रंगशालामा शनिबार देखि बीरबहादुर जि.सी स्मृति अन्तर कर्पोरेट सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । नेपाल सेभेन ए साइड फुटबल फेडेरेशनको आयोजनामा शुरु भएको शनिबारका खेलहरुमा मोवाइल एसेसोरिज टिम, रोट्रयाक्ट क्लब अफ हेम्जा, लायन्स क्लब अफ पोखरा टुरिजम सिटी, बिशाल बजार ब्यापारिक एशोसियसन ए र हेम्जा ब्यवसायी संघ अन्तिम ८ मा पुगेका छन् ।

मोवाइल एसेसोरिज टिमले ओम डेभलबमेन्ट बैंक लाई ७–० ले, रोट्रयाक्ट हेम्जाले बिशाल बजार ब्यापारिक एशोसियसन बि लाई ७–३, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले बैंकर एसोशियसनलाई ३–१, बिशाल बजार ब्यापारिक एशोसियसन एले पृथ्बीराजमार्ग बस सञ्चालक समितीलाई ४–१ तथा हेम्जा ब्यवसायी संघले गण्डकी बिकास बैंकलाई ८–२ गोल अन्तरले पराजित गरेको हो । बिएन कन्सट्रक्सन, फेवा टिभी र लायन्स क्लब अफ पोखरा मुनालले बाइ पाएर सोझै अन्तिम आठमा प्रतिस्पर्धा गर्नेछ । आइतबारको खेल बिहान ८ बजे बाट शुरु हुने खेल संयोजक सुनिल जिसीले जानकारी दिए । आइतबारको पहिलो खेल बिएन कन्सट्रक्सन र मोवाइल एसेसोरिज टिम , दोस्रो खेल रोट्रयाक्ट क्लब अफ हेम्जा र लायन्स क्लब अफ पोखरा टुरिजम सिटी, तेस्रो खेल फेवा टिभी र बिशालबजार ब्यापारिक एशोसियसन ए तथा अन्तिम खेल लायन्स क्लब अफ पोखरा मुनाल र हेम्जा ब्यवसायी संघ बिच हुनेछ ।

यसअघि जिल्ला खेलकुद बिकास समिती कास्कीका अध्यक्ष यामबहादुर गुरुङ्गले स्वर्गिय बीरबहादुर जिसीको तस्विरमा माल्र्यापण गरि प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले फुटबलको बिकास तथा खेलाडीको बृद्धिबिकासका लागि सेभेन ए साइड स्तरका प्रतियोगिताले महत्व राख्ने हुँदा प्रतियोगिताको निरन्तरताको कामना गरे । फेडेरेशनका अध्यक्ष नविन पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गिय बीरबहादुर जिसीका नाती झलकबहादुर जिसी, नेपाल सरकारका पुर्व सहसचिव बेनीबहादुर बस्नेत, कार्यक्रम संयोजक तथा नेपाल सेभेन ए साइड फुटबल फेडेरेसनका कोषाध्यक्ष सुनिल जिसी, इश्वरी जिसी लगायतले बोलेका थिए । २३ गतेसम्म हुने प्रतियोगितामा विजेता टोलीले रु ५० हजार र उपविजेतालाई ३० हजारसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन ।

About Milan Shahi

Check Also

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, नेपालले खेल्दैछ यि देशहरु सँग

दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु-१५) फुटबल प्रतियोगिताको आफ्नो …

नेपाल आर्मी काकडभिट्टा गोल्डकप फुटवलको फाइनलमा

नेपाल आर्मी मेची नेत्रालय काकडभिट्टा गोल्डकप फुटवलको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा …

Leave a Reply