Home » राष्ट्रिय फुटबल » १५ औं आहा ! रारा गोल्ड कपबाट २७ लाख ७८ हजार नाफा

१५ औं आहा ! रारा गोल्ड कपबाट २७ लाख ७८ हजार नाफा

आहा ! रारा गोल्डकपको १५ औं संस्करणबाट आयोजक सहारा क्लबले साढे २७ लाख भन्दा बढी नाफा कमाएको छ । गत माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा सञ्चालित १५ औं आहा ! रारा गोल्डकपको आयव्यय सार्वजनिक गर्दै आयोजक सहारा क्लब पोखराले प्रतियोगिताबाट कुल २७ लाख ७८ हजार वचत भएको जानकारी दियो ।

शनिवार एक कार्यक्रमका विच आय व्यय सार्वजनिक गर्दै प्रतियोगिताका आर्थिक संकलन उपसमिति संयोजक टीका बहादुर कार्कीले कुल ९७ लाख १० हजार आम्दानी मध्ये ६९लाख ३२ हजार रुपैया खर्च कटाएर सो रकम बचत हुन आएको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रायोजक मार्फत ३० लाख ५९ हजार , टिकट विक्री मार्फत ४१ लख ५० हजार, ब्यानर मार्फत २२ लाख रुपैया आम्दानी भएको थियो ।

क्लबका अध्यक्ष बिरभन्द्र आचार्यका अनुसार १५ औं संस्करणमा बचत भएको रकम १४ औं संस्करणको भन्दा कम हो । अघिल्लो संस्करणमा झण्डै ३५ लाख रुपैया बचत भएकोमा १५ औं संस्करणमा ७ लाख भन्दा बढी कम बचत हुन आएको हो ।

प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी सञ्चालनको लागि खर्च गरिनेछ । एकेडेमीमा हाल १६ जिल्लाका २८ वालकहरु आश्रित छन् । एकेडेमी सञ्चालनको लागि मासिक झण्डै दुई लाख रुपैया खर्च लाग्ने गरेको अध्यक्ष आचार्यले बताए ।

क्लबले प्रतियोगिताको १३ औं संस्करणमा १७ लाख र १२ औं संस्करणमा २८ लाख रुपैया बचत गरेको थियो । आय व्यय सार्वजनिक कार्यक्रमका प्रमुख प्रायोजक हिमश्री फुड्सका अध्यक्ष सुर्यबहादुर केसीले प्रतियोगितालाई निरन्तर साथ दिने प्रतिबद्धता जनाए ।

About Milan Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply