Home » अन्तर्राष्ट्रिय फुटबल » रोनाल्डो पेनाल्टीमा गोल गर्नबाट चुके तर रियल म्याड्रिड ला लिगाको शीर्षस्थानमा

रोनाल्डो पेनाल्टीमा गोल गर्नबाट चुके तर रियल म्याड्रिड ला लिगाको शीर्षस्थानमा

स्पेनिस ला लिग अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबाउमा भ्यालेन्सियालाई २-१ ले पराजित गरेको छ। खेलको २७औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि म्याड्रिडले खेलमा अग्रता लिएको थियो। खेलको ५७औं मिनेटमा लुका मोड्रीचलाई बक्स भित्र लडाएपछि म्याड्रिडले पेनाल्टीको अवसर पाएको थियो। तर रोनाल्डोको पेनाल्टी प्रहार भ्यालेन्सियाका गोलरक्षक डिएगो आल्भेसले बचाएका थिए। खेलको ८२औं मिनेटमा ड्यानी परेहोले फ्रिकिक बाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। तर उक्त गोलको ३ मिनेट पछिनै मार्सेलोले उत्कृष्ट गोल गर्दै म्याड्रिडलाई पुन: खेलमा अगाडी बढाएका थिए। जितसंगै रियलको ३४ खेलमा ८१ अंक भएको छ। समान खेल खेलेको बार्सिलोना भन्दा रियल ३ अंकले अगाडी छ।

About Milan Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply