Home » अन्तर्राष्ट्रिय फुटबल » मेस्सीको गोलको मद्दतले बार्सिलोना विजयी

मेस्सीको गोलको मद्दतले बार्सिलोना विजयी

लियोनेल मेस्सीले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेपछि बार्सिलोनाले १० खेलाडीमा सिमित रियल म्याड्रिडलाई पराजित गर्दै ला लिगाको उपाधि होड पुनः खुला गरेको छ ।

यसअघिका ६ एल क्लासिकोमा गोल गर्न असमर्थ रहेका मेस्सीले उत्कृष्ट खेल प्रदर्शन गर्दै बार्सिलोनालाई जीत दिलाए । खेलमा दुई गोल गर्दै उनले बार्सिलोनाका लागि ५ सयौँ गोल पनि पूरा गरेका छन् ।

उनी ला लिगामा एल क्लासिकोका सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

जीतसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लेको छ । रियल र बार्सिलोनाको समान ७५ अंक भए पनि हेड टु हेड आधारमा बार्सिलोना शीर्ष स्थानमा उक्लेको हो ।

यद्यपि, रियलले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ ।

रियलले आफ्ना बाँकी खेलहरु जिते लिग उपाधि हात पार्न सक्नेछ । तर, अंक बराबर भए बार्सिलोना हेड टु हेड आधारमा च्याम्पियन बन्ने छ ।

आइतबार राती रियलको घरेलु मैदानमा भएको खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो ।

खेलको २८ औँ मिनेटमा गोल गर्दै कासिमेरोले रियललाई अग्रता दिलाएका थिए ।

तर, लियोनेल मेस्सीले ५ मिनेट पछि नै उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको दोस्रो हाफमा दुवै टोलीले एकपछि अर्को आक्रमण गरेपनि दुवै गोल किपरले उत्कृष्ट बचाउ गरेका थिए ।

७३ औँ मिनेटमा भने डि एरिया बाहिरबाट गरेको प्रहार इभान र्याकिटिचले जाली चुमाउँदै बार्सिलोनालाई पुनः अग्रता दिलाए ।

त्यसको केही मिनेटपछि नै मेस्सीलाई फल हानेपछि कप्तान सर्जियो रामोशले रातो कार्ड खाँदै मैदान छाड्नुपरेको थियो ।

खेलको ८२ औँ मिनेटमा प्रशिक्षक जिनेदिन जिदानले करिम बेन्जेमाको स्थानमा हामेज रोड्रिग्वेजलाई मैदानमा पठाए ।

त्यसको केही मिनेटमा नै उनले बराबरी गोल गरे ।

बराबरीतर्फ अघि बढिरहेको खेलको इन्जुरी समयको अन्तिम समयमा मेस्सीले गोल गर्दै बर्नेबाउमा म्याड्रिडका समर्थकहरुलाई स्तब्ध बनाए ।

चोटमुक्त भएर आज खेलमा फर्किएका गेराथ बेल पहिलो हाफमा नै पुनः घाइते हुँदै मैदान छाड्नुपरेको थियो ।

(रातोपाटी)

About Milan Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply