Home » राष्ट्रिय फुटबल » हेटौंडा गोल्डकपको उद्घाटन खेलमा मनाङ्ग मर्स्याङदी विजयी

हेटौंडा गोल्डकपको उद्घाटन खेलमा मनाङ्ग मर्स्याङदी विजयी

मनाङ्ग मर्स्याङदी क्लब हेटौँडा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ ।

हेटौँडा रङ्गशालामा शनिबार भएको खेलमा मनाङ्ग मर्स्याङदी क्लबले सशस्त्र प्रहरीको ए पी एफ क्लबलाई १–० गोल अन्तरले पारजित गर्दै सेमिफाईनल प्रवेश गरेको हाम्रा मकवानपुर समाचारदात गणेशदर्पण अधिकारीले जनाएका छन् ।

हेटौँडाका लागि एक मात्र निर्णायक गोल शुजल श्रेष्ठले २९ औँ मिनेटमा पेनाल्टी मार्पmत गरेका थिए ।

यस खेलको म्यान अफ दि म्याच घोषित भएका मनाङ्ग मर्स्याङदी क्लबका अन्जन विष्टले ५ हजार रुपैँया र ट्रफी प्राप्त गरे ।

दोस्रो क्वाटर फाईनल खेल विजय युथ क्लब हेटौँडा र नेपाल पुलिस कलबकाबिच आईतबार हुने छ ।

शमन बमजम प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने क्लबले ५ लाख र दोस्रो हुने क्लबले ३ लाख रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।

About Kiran Shahi

Check Also

एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

लालिगुरास एशोसियन नेपाल पोखराको आयोजनामा “दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४” शुक्रबार देखि …

मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लव झापा गोल्डकपको फाइनलमा प्रवेश …

Leave a Reply