Home » भिडियो » सागर थापाको त्यो गोल जसले सारा नेपालीलाई खुसि बनाएको थियो (भिडियो)

सागर थापाको त्यो गोल जसले सारा नेपालीलाई खुसि बनाएको थियो (भिडियो)

साफ च्याम्पियनसिपको नवौं संस्करणअन्तर्गत सन् २०११ डिसेम्बर ४ तारिखमा नेपाली राष्ट्रिय टोलीले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै थियो।
नयाँ दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा भएको खेल नेपालका लागि अति नै महत्वपूर्ण थियो। सेमिफाइनलमा स्थान बनाउन नेपाली टोलीलाई बंगलादेशसँग स्पष्ट जितको खाँचो थियो। नेपालविरुद्ध सधैं हाबी बन्दै आएको बंगलादेशविरुद्घको उक्त खेल पाँच मिनेट थप गरिएको इन्जुरी समयमा समेत गोलरहित बराबरीमा चलिरहेको थियो।
अन्तिम मिनेटमा बंगलादेशका महमदमनुम मियाँले नेपालका रविन श्रेष्ठलाई लडाए। त्यसपछि नेपालले मैदानको मध्यभागमा फ्रिकिक प्रहारको मौका पायो । त्यतिबेला खेल सकिन केवल ३० सेकेन्ड बाँकी थियो।
करिब ३५ यार्ड टाढा पाएको फ्रिकिक हान्ने मौका कप्तान सागर थापाले पाए। त्यो प्रहार गोलमा परिणत होला भनी पत्याउनेको संख्या रंगशालामा नगण्य नै थियो। तर, सागरले प्रहार गरेको लामो घुमाउरो सटले सोझै पोस्टको दिशा लियो।
सागरको चमत्कारिक प्र्रहारलाई बंगाली गोलरक्षक आलमले नियाल्नसमेत भ्याएनन्। लगत्तै खेल सकिएको सिठ्ठी बज्यो, नेपालले बंगलादेशलाई १-० गोलले हरायो।सागरको त्यही घुमाउरो दर्शनीय गोलले नेपाली टोली सेमिफाइनलतर्फ उन्मुख भएको थियो।
त्यसपछि उत्साहित बनेको नेपाली टोलीले समूह ‘बी’ को अन्तिम खेलमा पाकिस्तानलाई १-१ को बराबरीमा रोक्दै सेमिफाइनलमा स्थान बनाएको थियो। सागरको गोलबाट उत्साही बनेका दर्शकले जवाहरलाल नेहरू स्टेडियम थर्काएका थिए।
सेमिफाइनलमा भने नेपाल अफगानिस्तानसँग १-० गोलले पराजित भएर घर फर्किएको थियो।नेपालले त्यसबेला बंगलादेशलाई १८ वर्षपछि हराएको थियो। सन् १९९३ को दक्षिण एसियाली खेलकुद प्रतियोगितापछि नेपालले बंगलादेशलाई हराउन सकेको थिएन।
बंगलादेशलाई लामो समयपछि हराउनुको खुसी त छँदै थियो, नेपाली समर्थकलाई त्योभन्दा बढी खुसी र उत्साह कप्तान सागर थापाको गोलले दिएको थियो। सागरको उक्त गोल त्यतिबेला विश्वभर चर्चामा रह्यो।
म्याच फिक्सिङका कारण एसियाली फुटबल महासङ्घ (एएफसी) ले थापा माथि आजीवन प्रतिबन्ध लगाएको छ ।

About Milan Shahi

Check Also

फूटबलमा गर्न नसक्ने यि १० चिज तर रोनाल्डोले पुरा गरे (हेर्नुहोस भिडियो)

Related

विश्व फुटबलकै रोमाञ्चक पेनाल्टी (भिडियो सहित)

(नेपालीगोल) – थाइल्यान्डको स्थानीय फुटबल खेलमा विश्व फुटबललाई नै रोमाञ्चित पार्ने घटना भएको छ । …

Leave a Reply