Home » राष्ट्रिय फुटबल » संगम एफ सी र सत्य युवा क्लब, बाझाँपाटन सेमीफाईनल मा प्रबेश

संगम एफ सी र सत्य युवा क्लब, बाझाँपाटन सेमीफाईनल मा प्रबेश

युवा एकता र विकासका लागी खेलकुद” भन्ने नाराका साथ बैशाख ९ गतेसम्म पोखरा लेखनाथ महानगरपालिका वडा नं.२५ हेमजा स्थित गौरी शंकर खेलमैदान गैरीमा जारी रहने शुभकामना कप नकआउट फुटबल प्रतियोगीता २०७४ मा आजको क्वाटर फाईनल खेल बिहान ११ बजे भदौरे युवा क्लब बिरुद्द संगम एफ सी बिच भएको थियो । उक्त खेल मा संगम एफ सी ले भदौरे लाई शुन्या का बिरुद्द १२ गोल ले पराजितगरी जारी प्रतियोगिताको सेमी फाईनल मा प्रबेश गरेको छ । । बिमल रानाले ५, बेल प्रसाद गुरुङ ले २, मनिश तामाङ ले २ र बिश्व अधिकारि,गणेश थापा र अन्जन देवकोटा ले १ १ गोल गरेका थिए । म्यान अफ डी म्याच पनि संगम एफ सी बाट जर्सी नम्बर १० का खेलाडी बिमल राना घोषित हुन पुगे ।

क्वाटर फाईनल को अर्को खेल हाम्रो शिमशिखर फेदी खोला स्याङ्जा र सत्य युवा क्लब, बाझाँपाटन बिच भएको खेल भने निकै रोमान्चारी भएको थियो । सत्य युवा क्लब, बाझाँपाटनले ३ का बिरुद्द २ गोल ले हाम्रो शिमशिखर फेदी खोला स्याङ्जा लाई पराजित गरी सेमी फाईनल मा प्रबेश पाएको हो । हाम्रो शिमशिखर फेदी खोला स्याङ्जा बाट आविश गुरुङ र गोबिन के सी ले १ १ गोल गरेका थिए भने सत्य युवा क्लब, बाझाँपाटन बाट रिजन सुब्बा, समासुर्ग र जिवन गुरुङ ले १ १ गोल गरेका थिए । म्यान अफ डी म्याच सत्य युवा क्लब, बाझाँपाटन बाट जर्सी नम्बर ६ का खेलाडी जिवन गुरुङ घोषित भए ।
भोली हुने पहिलो सेमी फाईनल खेल ११ बजे संगम एफ सी र लेकसाईड एफ सी बिच हुने छ भने दोस्रो खेल १ बजे बिष्णु पादुका क्लब हेमजा र सत्य युवा क्लब, बाझाँपाटन बिच हुने छ ।
राष्ट्रिय तथा स्थानिय क्लवहरुबाट १६ टिम ले भाग लिएको उक्त प्रतियोगीताको विजेताले नगद रु ।१ लाख ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र तथा दोस्रो हुनेले नगद रु ।७५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । साथै ७ वटा उपबिधा सर्बोउत्कृस्ठ गोल कीपर,मिड फिल्डर,डेफेन्डर,कोच,हाई स्कोरर लाई नगद रु २,५०० ट्रफी र प्रमाण पत्र, सर्बोउत्कृस्ठ खेलडी लाई नगद रु ५,००० ट्रफी र प्रमाण पत्र र अनुशासित टीम लाई रु ८,००० ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।

About Kiran Shahi

Check Also

थ्रीस्टार क्ल्ब विराट गोल्डकपको फाईनलमा

विराटनगर शहिद रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा रुस्लान थ्रीस्टार क्ल्बले सिएमजी संकटा क्लबलाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै थ्रीस्टारले …

बुद्धशान्ति कपको उपाधि सैनिकलाई

बुद्धशान्ति | प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको …

Leave a Reply