Home » अन्तर्राष्ट्रिय फुटबल » वेष्ट ब्रोमलाई १–० ले हराउँदै लिभरपुल फेरि तेस्रो स्थानमा उक्लिएको छ

वेष्ट ब्रोमलाई १–० ले हराउँदै लिभरपुल फेरि तेस्रो स्थानमा उक्लिएको छ

लिभरपुल फेरि इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा फर्किएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै लिभरपुल फेरि तेस्रो स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा पहिलो हाफको इन्जुरी समयमा रोबर्टो फिरमिनोले गरेको गोल नै निर्णायक बन्यो । जेम्स मिल्नरले प्रहार गरेको फ्रि–किक बललाई हेड मार्फत फिरमिनोले गोलमा परिणत गरेका हुन् । त्यसपछि अल्बेर्टो मोर्एनोले विपक्षी खेलाडी नभएको अवस्थामा पनि गोल गर्न सकेनन् । लिभरपुलको यो पछिल्ला सात खेलमा पाँचौं जित हो । वेष्ट ब्रोमको भने लगातार तेस्रो हार हो । जितपछि तेस्रो स्थानको लिभरपुलको ३३ खेलबाट ६६ अंक भएको छ । ४४ अंकसहित वेष्ट ब्रोम आठौं स्थानमा छ ।

About Kiran Shahi

Check Also

हार्जाडको मूल्य सुनेर तर्सियो रियल मड्रिड, रोनाल्डोको विकल्प को ?

रियल मड्रिडका प्रशिक्षक लुजन लोपेटेगुई इडेन हार्जाडलाई नकिन्ने मनस्थितीमा पुगेका छन् । स्टार क्रिस्टियानो रोनाल्डो …

आर्सनलसँग पिएसजी ५-१ ले पराजित (भिडियोसहित)

आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि सहज जित निकालेको छ। इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत शनिबार सिंगापुरमा …

Leave a Reply