Home » भिडियो » विश्व फुटबलकै रोमाञ्चक पेनाल्टी (भिडियो सहित)

विश्व फुटबलकै रोमाञ्चक पेनाल्टी (भिडियो सहित)

(नेपालीगोल) – थाइल्यान्डको स्थानीय फुटबल खेलमा विश्व फुटबललाई नै रोमाञ्चित पार्ने घटना भएको छ । गत शनिबार युथ–१८ कपअन्तर्गत राजधानी बैककमा बैकक स्पोर्ट्स क्लब र सात्री आङथोङ क्लबबीच भिडन्त भएको थियो । जसको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट निस्कियो।

रोचक कुरा, पेनाल्टी सुटआउटमा बैंकक २०–१९ गोलले विजयी भयो । अझ रमाइलो घटना त्यतिबेला भयो । जब तेस्रो पेनाल्टी हान्न आएका बैंककका एक खेलाडीको प्रहार विपक्षी गोलपोस्टको बिममा लागेर फर्कियो।

यो देखेर खुसी हुँदै नाचेका सात्री क्लबका गोलकिपर त्यतिबेला स्तब्ध भए, जब बल भुइँमा ठोकिएर पुनः दिशा परिवर्तन गर्दै गोलमा परिणत भयो । उनी नाच्ने क्रममा गोल पोस्टबाट धेरै बाहिर निस्किएका थिए।

About Milan Shahi

Check Also

गोल लाइनभित्र छिरे पनि मान्यता नपाएको मेसीको गोल [भिडियो]

भ्यालेन्सिया विरुद्धको खेलमा बार्सिलोनाका फरवार्ड लिओनल मेसीको प्रहारले गोल लाइन क्रस गरे पनि रेफ्रीले मान्यता …

दर्शकमाथि एभ्राको किक (हेर्नुहोस भिडियो)

मार्सेलका रक्षक प्याट्रिक एभ्राले युरोपा लिगको खेल अघि समर्थकसँगको घम्साघम्सीपछि रातो कार्ड पाएका छन् । …

Leave a Reply